बिहीबार, कार्तिक १९,२०८३ 03:13:22
  • बिहीबार, कार्तिक १९,२०८३ 03:13:22
Global IME Bank Limited

पाँचथर पावरको नाफा ५४ प्रतिशतले बढ्यो, ईपीएस कति ?

Bizshala
पाँचथर पावरको नाफा ५४ प्रतिशतले बढ्यो, ईपीएस कति ?
New Office

काठमाण्डौ ।  पाँचथर पावर कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ७ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड १५ लाख ३६ हजार रुपैयाँ थियो। यस आधारमा कम्पनीको खुद नाफा एक वर्षमा करिब ५४ प्रतिशतले बढेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको सञ्चालन आम्दानी भने सामान्य घटेको छ। चालु आवको पहिलो तीन महिनामा कम्पनीले १४ करोड ४२ लाख ३५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १४ करोड ५२ लाख ४० हजार रुपैयाँ थियो।

आम्दानी सामान्य घटे पनि वित्तीय लागतमा आएको ठूलो कमीले कम्पनीको नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

पहिलो त्रैमासमा कम्पनीको वित्तीय लागत २ करोड ७७ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो लागत ५ करोड १ लाख ६२ हजार रुपैयाँ थियो। अर्थात् वित्तीय लागत करिब ४५ प्रतिशत घटेको छ।

कम्पनीले पहिलो त्रैमासमा १४ करोड १२ लाख १ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ। कर्मचारी खर्च ३० लाख २५ हजार रुपैयाँ, अन्य सञ्चालन खर्च ८१ लाख ९९ हजार रुपैयाँ र मूल्यह्रास खर्च २ करोड २८ लाख ६७ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। रिजर्भ तथा सरप्लस ६ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा रिजर्भ तथा सरप्लस १ करोड २९ लाख ९२ हजार रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको कुल इक्विटी १ अर्ब २ करोड ९० लाख ८६ हजार रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ९१ करोड २८ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन सुरक्षित कर्जा १ अर्ब ६६ करोड ५३ लाख ७१ हजार रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ८.२७ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १०६.९२ रुपैयाँ र बजार मूल्य ३३० रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

Garima Development Bank
Bizshala
IME remit

बाढीले आयोजना प्रभावित भए पनि उत्पादन नियमित

कम्पनीले सार्वजनिक गरेको व्यवस्थापकीय विश्लेषणअनुसार गत वर्ष आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो। मर्मतसम्भारपछि २०८१ चैत १६ गतेदेखि विद्युत उत्पादन पुनः सुरु गरिएको कम्पनीले जनाएको छ।

हाल आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ। नदीमा पानीको बहाव बढेसँगै चालु त्रैमासमा आम्दानी अझै सुधार हुने अपेक्षा कम्पनीले गरेको छ।

यद्यपि बाढीपहिरो लगायत प्राकृतिक प्रकोप, नदीमा पानीको बहावमा आउने कमी तथा बाह्य परिस्थितिले विद्युत उत्पादनमा असर पार्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.