काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको हो।
कम्पनीले यसअघि लगानी सम्झौता गरिसकेका आयोजना, लगानीका लागि सैद्धान्तिक सहमति गरिएका आयोजना तथा अन्य उपयुक्त जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले पूँजी बढाउन लागेको जनाएको छ।
सञ्चालक समितिले हालको चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद जारी गरी पूँजी २ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।
हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिनेछ। आयोगको स्वीकृति प्राप्त भएपछि प्रस्ताव कम्पनीको आगामी साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ।
साधारणसभाबाट समेत प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढ्नेछ।
कम्पनीले हकप्रदबाट संकलन हुने पूँजीलाई नयाँ तथा लगानी सम्झौता भएका जलविद्युत आयोजनामा लगानी विस्तारका लागि प्रयोग गर्ने योजना बनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।