बुधबार, कार्तिक १८,२०८३ 05:59:44
  • बुधबार, कार्तिक १८,२०८३ 05:59:44
Global IME Bank Limited

हकप्रदको खबर आउनुअघि नै एनआईसी एशियामा कसले खेल्यो ? सेयरमूल्यको उकालोले उठायो इन्साइडर ट्रेडिङको प्रश्न

Bizshala
हकप्रदको खबर आउनुअघि नै एनआईसी एशियामा कसले खेल्यो ? सेयरमूल्यको उकालोले उठायो इन्साइडर ट्रेडिङको प्रश्न
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। तर बोर्डको निर्णय सार्वजनिक हुनुअघि नै बैंकको सेयरमूल्यमा देखिएको लगातारको उकालोले बजारमा नयाँ प्रश्न जन्माएको छ । केही लगानीकर्ताहरुले 'हकप्रद स्वीकृतिको सूचना पहिले नै चुहिएको त होइन ?' भन्ने जस्तो प्रश्न तेर्स्याउन थालेका छन् । 

बैंकको सेयरमूल्य कात्तिक ११ गतेदेखि बढ्न थालेको देखिन्छ। बीचमा कात्तिक १३ गते केही करेक्सन देखिए पनि त्यसपछि पुनः लगातार बढ्दै मूल्य ३५६ रुपैयाँसम्म पुगेको थियो। भदौमा भने बैंकको सेयरमूल्य घटेर करिब ३ सय रुपैयाँ आसपाससम्म झरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसबीच नेपाल धितोपत्र बोर्डले कात्तिक १७ गते बैंकलाई १ः०.५० अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद जारी गर्नेछ। यसबाट करिब ७ अर्ब ४५ करोड रुपैयाँ पुँजी थपिनेछ।

हकप्रद स्वीकृतिको औपचारिक निर्णय आउनुअघि नै सेयरमूल्यमा देखिएको अस्वाभाविक वृद्धिलाई केही लगानीकर्ताले शंकाको दृष्टिले हेरेका छन्। बोर्डबाट हकप्रद स्वीकृति पाउने सम्भावित सूचना सीमित व्यक्तिसम्म पहिल्यै पुगेको हुनसक्ने र त्यही आधारमा सेयरमा खरिद चाप सिर्जना भएको हुनसक्ने लगानीकर्ताहरुले अनुमान गरेका छन् । 

तर अहिलेसम्म सूचना चुहावट वा इन्साइडर ट्रेडिङ भएको पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। यद्यपि समयक्रमले भने नियामकको ध्यान तान्ने ठाउँ दिएको छ। हकप्रदसम्बन्धी निर्णय सार्वजनिक हुनुअघि केही कारोबार दिनदेखि नै मूल्य निरन्तर उचालिनु र निर्णय सार्वजनिक भएपछि थप तीव्रता देखिनुले कारोबारको प्रकृति कसरी अघि बढ्यो भन्ने विषयमा छानबिनको आवश्यकता औंल्याएको लगानीकर्ताको भनाइ छ।

Garima Development Bank
Bizshala
IME remit

बुधबार कारोबारका क्रममा समेत एनआईसी एशियाको सेयरमा उल्लेख्य वृद्धि देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार बैंकको सेयरमूल्य ३ सय ६० रुपैयाँमाथि कारोबार भइरहेको देखिन्छ।

बैंकको वित्तीय अवस्थामा अचानक ठूलो परिवर्तन भएको वा मूल्यलाई तत्काल उचाल्ने कुनै नयाँ सार्वजनिक सूचना आएको देखिँदैन। उल्टै ५० प्रतिशत हकप्रद सेयरले बोर्डको स्वीकृति पाउनुअघि नै सेयरमा खरिद चाप देखिन थालेको थियो। यही समयक्रमका कारण बजारका लगानीकर्ताले हकप्रद स्वीकृतिसम्बन्धी सूचना पहिल्यै चुहिएको हुनसक्ने आशंका गरेका छन्।

धितोपत्र बजारमा मूल्यलाई प्रभाव पार्ने संवेदनशील सूचना सार्वजनिक हुनुअघि सीमित व्यक्तिले त्यसको लाभ लिएर कारोबार गरेको पाइए त्यो गम्भीर नियामकीय विषय बन्छ। त्यसैले एनआईसी एशियाको हकप्रद स्वीकृतिअघिको कारोबारमा अस्वाभाविक खरिद चाप थियो वा थिएन भन्ने विषय अब सेबोनको निगरानीको प्रश्न बनेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.