काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ।
संस्थापकतर्फ रहेको उक्त सेयर सर्वसाधारणतर्फ रुपान्तरण भएसँगै कम्पनीको संस्थापक र सर्वसाधारण सेयर स्वामित्व संरचना समेत परिवर्तन भएको छ।
सेयर रुपान्तरणपछि माहुली लघुवित्तमा संस्थापक सेयरधनीको स्वामित्व ६४.२८ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३५.७२ प्रतिशत कायम भएको छ।
यसअघि संस्थापक समूहअन्तर्गत रहेको २ लाख २१ हजार ५०१.५९ कित्ता सेयर अब सर्वसाधारण समूहअन्तर्गत कारोबार योग्य संरचनामा समावेश भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।