काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा कायम भएको छ।
नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज माइक्रोफाइनान्स समूहबाहेक सबै समूह राताम्य भएका छन् । माइक्रोफाइनान्स उपसमूह ०.०९ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा भने विकास बैंक समूह ०.७० प्रतिशत घटेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.५७ प्रतिशत, फाइनान्स समूह ०.५० प्रतिशत, होटल तथा पर्यटन समूह ०.४२ प्रतिशत, हाइड्रो समूह ०.६७ प्रतिशत, लगानी समूह ०.२९ प्रतिशत, जीवन बीमा समूह ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.३९ प्रतिशत, व्यापार समूह ०.१४ प्रतिशत र अन्य समूह ०.४८ प्रतिशत घटेको छ ।
सेयर लगानीकर्ता तथा जानकार नयन बास्तोलाले आज सेयरबजारमा गिरावट देखिएपनि यसलाई सामान्य करेक्सनको रुपमा मात्रै लिनुपर्ने बताएका छन् ।
उनका अनुसार बजारमा देखिएको सामान्य करेक्सनबाट लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।
‘साथै अहिले बजार घट्नुको एउटा कारण पछिल्लो समय बजारमा देखिएको राजनीतिक गतिविधि र त्यसले लगानीकर्तामा पारेको प्रभाव पनि हुनसक्छ’ उनले भने, ‘नेप्सेको नयाँ सीईओ नियुक्ति, धितोपत्र बजारसम्बन्धी नयाँ नियम तथा नीतिगत परिवर्तनले पनि बजारमा अन्योल सिर्जना गरेको हुन सक्ने देखिन्छ ।’
नयाँ नेतृत्व र नीतिगत व्यवस्थासँगै बजारले नयाँ दिशा समात्न केही समय लाग्न सक्ने उनको भनाइ छ । त्यसैले अल्पकालीन उतारचढावलाई आधार बनाएर लगानीकर्ताले हतारमा निर्णय गर्न नहुने बस्तोला बताउँछन् ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने स्टकमा कुमारी सबल योजना रहेको छ । यो स्टकको इकाईमूल्य २.९६ प्रतिशत बढेर ९.३८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, स्नो रिभर्स लिमिटेडको २.८६ प्रतिशत, एशियन हाइड्रोको २.७० प्रतिशत, कुमारी इक्विटी फण्डको २.६२ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २.४२ प्रतिशत, भगवती हाइड्रोपावरको २.३८ प्रतिशत, आँखु खोला जलविद्युतको २.३७ प्रतिशत, छिमेक लघुवित्तको २.०४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को २.०१ प्रतिशत, कुमारी धनवृद्धि योजनाको १.८४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
सर्वाधिक गुमाउने स्टकमा केबीएल डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य ५.०९ प्रतिशत घटेर ११२३.२० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चिरख्वा हाइड्रोपावरको ४.६१ प्रतिशत, हिमालयन रि को ३.७५ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ३.६५ प्रतिशत, भुजुङ हाइड्रोको ३.६५ प्रतिशत, घोराही सिमेन्टको ३.३३ प्रतिशत, रिभर फल्सको ३.०३ प्रतिशत, सवोत्तम पेन्ट्सको ३.०२ प्रतिशत, एभरेष्ट कलरको २.९८ प्रतिशत र सिटिजन्स बैंक डिबेञ्चरको २.८७ प्रतिशत घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।