शुक्रबार, आश्विन ९,२०८३ 04:17:04
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 04:17:04
Bizshala
Global IME Bank Limited

चिनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

Bizshala
चिनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल
New Office

काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत, साथै कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनका विषयमा छलफल भएको छ।

भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको जानकारी गराइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको विषय पनि छलफलमा उठाइएको छ।

काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र आवश्यक स्थानमा ट्रयाक खोल्ने तयारी भइरहेको जानकारीसमेत दिइएको छ। यसमा चीन सरकारसँग सहयोग र समन्वयको अपेक्षा गरिएको छ।

चिनियाँ राजदूत वाङ माओमिङले नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताएका छन्। उनले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनमा चीन सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी विशेष प्रस्ताव नेपाल सरकारले पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.