शुक्रबार, आश्विन ९,२०८३ 05:04:09
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:04:09
Bizshala
Global IME Bank Limited

एनसीएचएलले E-FIT कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया गर्‍यो

Bizshala
एनसीएचएलले E-FIT कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया गर्‍यो
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्ना E-FIT Card Services मा आबद्ध बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियामा सदस्य संस्थाबीचको सहकार्य थप सुदृढ बनाउने, सेवा सञ्चालनसम्बन्धी आवश्यकताबारे अद्यावधिक जानकारी आदानप्रदान गर्ने, नयाँ पहलहरूबारे छलफल गर्ने तथा E-FIT सेवासम्बन्धी सदस्य संस्थाको सुझाव र प्रतिक्रिया संकलन गर्ने विषयमा चर्चा भएको थियो।

सहभागीहरूले ग्राहकको अपेक्षा, प्रविधिको विकास, सञ्चालनसम्बन्धी आवश्यकता, कार्ड भुक्तानीको सुरक्षा, सेवा विस्तार र नयाँ प्रविधिगत पहलका विषयमा अनुभव तथा सुझाव आदानप्रदान गरेका थिए।

थप ७ संस्था आबद्ध

एनसीएचएलका अनुसार E-FIT Card Services विस्तारका क्रममा थप २ वाणिज्य बैंक र ५ वित्त कम्पनी नयाँ सदस्यका रूपमा आबद्ध भएका छन्।

यससँगै E-FIT Card Switch मा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।

त्यस्तै, ६ वटा बैंक तथा वित्तीय संस्थाले E-Commerce Payment Gateway सेवा र १४ वटा संस्थाले 3D Secure ACS सेवा प्रयोग गर्दै आएका छन्।

८ प्रमुख कार्ड नेटवर्कको कारोबार

E-FIT Card Services एनसीएचएलले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको केन्द्रीय स्विचिङ सोलुसन हो।

यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमको कारोबार प्रोसेसिङ, कार्ड इशुइङ तथा एक्वायरिङ सेवा उपलब्ध गराउँछ।

एनसीएचएलका अनुसार हाल सदस्य बैंक तथा वित्तीय संस्थाले Visa र NEPALPAY Card जारी गर्न सक्छन्।

त्यस्तै, Visa, Mastercard, UnionPay, Diners Club, Discover, Pulse, RuPay र NEPALPAY लगायत ८ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कार्ड कारोबार एक्वायरिङ गर्ने सुविधा E-FIT मार्फत उपलब्ध छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एक वर्षमा २५५ अर्ब रुपैयाँको कारोबार

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत करिब १० खर्ब १९ अर्ब रुपैयाँ बराबरका १२ करोड ९० लाख कारोबार भएका थिए।

सो अवधिमा देशभर १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेको एनसीएचएलले जनाएको छ।

यसमध्ये E-FIT मार्फत मात्रै करिब २५५ अर्ब रुपैयाँ बराबरका ३ करोड २० लाख कारोबार भएका थिए भने यस नेटवर्कअन्तर्गत करिब ३४ लाख ४० हजार कार्ड प्रचलनमा थिए।

एनसीएचएलका अनुसार गत आर्थिक वर्षमा E-FIT ले नेपाली कार्ड बजारको करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो।

3D Secure र E-Commerce Gateway विस्तारमा जोड

E-FIT को 3D Secure ACS सेवा अनलाइन कार्ड कारोबारलाई थप सुरक्षित बनाउन प्रयोग गरिन्छ।

त्यस्तै, E-Commerce Payment Gateway मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाका अनलाइन मर्चेन्टले कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्छन्।

हाल यो सेवा ६ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँदै आएका छन् भने ११५ भन्दा बढी मर्चेन्ट यसमा आबद्ध भइसकेका छन्।

NEPALPAY Card लाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाउँदै

एनसीएचएलले नेपालको भुक्तानी पूर्वाधारलाई थप सुदृढ बनाउने उद्देश्यले NEPALPAY Card लाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाइरहेको छ।

E-FIT Card Switch लाई राष्ट्रिय भुक्तानी प्रणालीमा एकीकृत गरिएको छ, जसबाट सदस्य बैंक तथा वित्तीय संस्थाले विद्यमान पूर्वाधार प्रयोग गरी NEPALPAY Card जारी तथा एक्वायर गर्न सक्ने व्यवस्था मिलाइएको छ।

एनसीएचएलले आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य विस्तार गर्दै कार्ड भुक्तानीको क्षमता, अन्तरआबद्धता र सुरक्षा थप मजबुत बनाउने तथा नयाँ भुक्तानी समाधान प्रवर्द्धन गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.