बुधबार, भाद्र १७,२०८३ 07:32:05
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 07:32:05
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा पुनः सञ्चालन

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा पुनः सञ्चालन
New Office

काठमाण्डौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते आएको बाढीका कारण नेपाल टेलिकमका टावर तथा अन्य पूर्वाधारमा क्षति पुग्दा ती जिल्लाका विभिन्न स्थानमा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। कम्पनीका प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिएर सेवा पुनः सञ्चालनको काम अघि बढाएका थिए।

बाढीका कारण सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा समेत सुरक्षा निकायसँगको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक जनशक्ति, आवश्यक उपकरण, जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत सामग्री ढुवानी गरी सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा गरी कुल १२० साइटमध्ये ८३ साइटबाट सञ्चालित सेवा प्रभावित भएका थिए। तीमध्ये तिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइटमा पूर्णरूपमा क्षति पुगेको थियो।

बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू साइट पुनः सञ्चालनका लागि परिचालन भएका थिए। भदौ ११ गते रसुवा जिल्लाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन, ब्याट्रीलगायत उपकरण पुर्‍याएर सेवा सञ्चालन गरिएको थियो।

त्यसैगरी, रसुवा सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो। भदौ १२ गते रसुवाको गोल्जुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा तिमुरे माथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पठाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

नुवाकोटका दमनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी, थामेल डाँडालगायत क्षेत्रमा समेत जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरी सेवा पुनः सञ्चालन गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’सँगै रहेको टावर, रसुवाको उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटको बुङताङमा रहेका टावरसमेत सञ्चालनमा ल्याइएको थियो। सो अवधिमा कटुञ्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि पुनः सञ्चालनमा आएका थिए। यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरिएको थियो। रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइटसहित स्याफ्रुबेँसी, छाप्चोके, जिविजिवे माइक्रो तथा गत्लाङ र नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी साइट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सञ्चार सेवा पुनः सञ्चालनमा आएको थियो। बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइट क्रमशः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

भदौ १५ गते रसुवाको जिविजिवे र सरस्वती तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजारस्थित साइटसमेत सञ्चालनमा ल्याइएको थियो।

प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटहरूलाई निरन्तर सञ्चालनमा ल्याउन जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो। विद्युत् आपूर्ति नियमित नभएका केही साइटमा हालसम्म पनि जेनेरेटरमार्फत सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार विद्युत् आपूर्ति सहज भएका कतिपय साइट स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारितासमेत क्रमशः वृद्धि हुँदै गएको छ।

सेवा पुनः सञ्चालनका क्रममा नेपाल टेलिकमलाई सहयोग तथा समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना तथा सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय निकाय, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक तथा सञ्चारमाध्यमलगायत सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

नेपाल टेलिकमले विपद्को समयमा समेत आम नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन तथा ‘राष्ट्रको सञ्चार’को गरिमा कायम राख्दै सेवा निरन्तरता सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.