काठमाण्डौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
आइएफआरसीका अनुसार नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहितको आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ। टोलीले तत्काल खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई राहत तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्य गरिरहेको छ।
भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित समुदायमा तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।