Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 09:19:58
Bizshala
Global IME Bank Limited

नेपालका बाढीपीडितलाई आर्सनल फाउन्डेसनको सहयोग

नेपालका बाढीपीडितलाई आर्सनल फाउन्डेसनको सहयोग
New Office

काठमाण्डौ । नेपालमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले दुःख व्यक्त गर्दै राहत प्रयासमा सहयोग गर्ने भएको छ।

आर्सनल फाउन्डेसनले बाढी प्रभावितका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। फाउन्डेसनले आफ्नो परोपकारी साझेदार संस्था सेभ द चिल्ड्रेनसँग सहकार्य गर्दै नेपालका बाढीपीडितका लागि विशेष रकम संकलन अभियानसमेत सञ्चालन गर्ने भएको छ।

आर्सनलले बाढीका कारण आफन्त गुमाएका परिवार, बेपत्ता आफन्तको अवस्थाबारे अझै जानकारी पर्खिरहेका परिवार तथा प्रभावित समुदायलाई सहयोग गरिरहेका आपत्कालीन उद्धार टोलीप्रति सहानुभूति व्यक्त गरेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

क्लबले नेपालका आफ्ना समर्थकसहित विश्वभर रहेका आर्सनल परिवारले समेत यस विपत्तिको पीडा गहिरो रूपमा महसुस गरेको जनाएको छ।

सेभ द चिल्ड्रेनले नेपालमा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै बाढीबाट प्रभावित बालबालिका तथा परिवारलाई सहयोग गरिरहेको छ। संस्थाले तत्काल सहायता आवश्यक परेका क्षेत्रमा अत्यावश्यक राहत सामग्री तथा सहयोग उपलब्ध गराउने जनाएको छ।

आर्सनलले नेपालमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न यूईएफए च्याम्पियन्स लिगको खेलअघि मौनधारण गर्ने भएको छ।

यसै साता नापोलीविरुद्ध हुने च्याम्पियन्स लिग खेलअघि आर्सनलले विपत्तिका पीडितको सम्मानमा मौनधारण गर्ने जनाएको हो। यूईएफएका प्रतियोगितामा सहभागी अन्य क्लबहरूसँगै आर्सनलले पनि खेलअघि मौनधारण गर्दै नेपाल बाढीका पीडितप्रति सम्मान व्यक्त गर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.