नेपालका बाढीपीडितलाई आर्सनल फाउन्डेसनको सहयोग
काठमाण्डौ । नेपालमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले दुःख व्यक्त गर्दै राहत प्रयासमा सहयोग गर्ने भएको छ।आर्सनल फाउन्डेसनले बाढी प्रभावितका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको क्लबले जनाएको छ। फाउन्डेसनले आफ्नो परोपकारी साझेदार संस्था सेभ द चिल्ड्रेनसँग सहकार्य गर्दै नेपालका बाढीपीडितका लागि विशेष...

