Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:38:48
Bizshala
Global IME Bank Limited

त्रिशूली–३ ‘बी’ अपडेट: ४ प्वाल ड्रिलिङपछि सुरुङभित्र प्रवेशको तयारी

त्रिशूली–३ ‘बी’ अपडेट: ४ प्वाल ड्रिलिङपछि सुरुङभित्र प्रवेशको तयारी
New Office

काठमाण्डौ । त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धार तथा खोजी कार्यलाई थप अघि बढाउने तयारी गरिएको छ। उद्धारका लागि सुरुङको फ्रन्ट फेसबाट प्रवेश गर्ने तयारी भइरहेको हो।

हालसम्म फ्रन्ट फेसमा चार वटा प्वाल ड्रिलिङ सम्पन्न भएको जनाइएको छ। ड्रिलिङबाट प्राप्त प्रगतिको आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।

Bizshala
CG Motors

उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीच समन्वय निरन्तर भइरहेको छ।

आयोजनास्थलमा उद्धारका लागि आवश्यक प्राविधिक पक्षको मूल्यांकन गर्दै सुरुङभित्र प्रवेश गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ। सुरुङको अवस्था र सुरक्षालाई ध्यानमा राख्दै उद्धार टोलीले आवश्यक सावधानी अपनाउने तयारी गरेको छ।

चार वटा प्वाल ड्रिलिङ सम्पन्न भएपछि उद्धार कार्यका लागि थप आधार तयार भएको र अब फ्रन्ट फेसबाट सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारलाई तीव्रता दिने तयारी गरिएको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.