आईतवार, भाद्र २८,२०८३ 03:00:23
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 03:00:23
Bizshala
Global IME Bank Limited

बाढीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको जिम्मा कागेश्वरी मनोहराले लिने

बाढीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको जिम्मा कागेश्वरी मनोहराले लिने
New Office

काठमाण्डौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण, पालनपोषण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ।

नगरपालिकाले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाका लागि छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी बहन गर्ने निर्णय गरेको हो।

बालबालिकाको भविष्य अन्योलमा पर्न नदिन नगरपालिकाले तत्काल २५ लाख रुपैयाँको बाल संरक्षण कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। उक्त कोषमार्फत बाढी प्रभावित बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा तथा आवश्यक अन्य व्यवस्थापन गरिने नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

यसका लागि नगरप्रमुख कार्कीको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ। समितिले आगामी बुधबारसम्म बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गर्नेछ। त्यसपछि वास्तविक रूपमा सहयोग आवश्यक रहेका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण र शिक्षाका लागि सम्बन्धित स्थानीय तह, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नगरप्रमुख कार्कीले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई आफूहरू एक्लो भएको महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

‘बाढीले अभिभावक गुमाएका बालबालिकालाई अब उनीहरू एक्लै छन् भन्ने महसुस हुन दिँदैनौँ। उनीहरूको शिक्षा, संरक्षण र भविष्यका लागि कागेश्वरी मनोहरा नगरपालिका अभिभावकको भूमिकामा उभिन्छ,’ उनले भने।

नगरप्रमुख कार्कीले बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न नगरपालिकाको मात्र प्रयास पर्याप्त नहुने बताए। उनले सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा अन्य सरोकारवालालाई बाल संरक्षण कोषमा जोडिन आग्रह गरे।

‘हामीले २५ लाख रुपैयाँबाट कोष सुरु गर्दै छौँ। तर बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न अझ ठूलो स्रोत आवश्यक पर्न सक्छ,’ कार्कीले भने, ‘त्यसैले सबै सहयोगी मनहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछु।’

यसअघि भोटेकोसी बाढीपछि कागेश्वरी मनोहरा नगरपालिकाले उद्धार तथा मानवीय सेवाका लागि आफ्नो एम्बुलेन्स र शववाहन तत्काल प्रभावित क्षेत्रमा पठाएको थियो।

नगरपालिकाले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरिसकेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.