Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 12:33:08
Bizshala
Global IME Bank Limited

बाढीपहिरो प्रभावित नेपाललाई भारतको सहयोग, सुरुङ उद्धारदेखि पुल निर्माणसम्म विशेषज्ञ र उपकरण पठाइयो

बाढीपहिरो प्रभावित नेपाललाई भारतको सहयोग, सुरुङ उद्धारदेखि पुल निर्माणसम्म विशेषज्ञ र उपकरण पठाइयो
New Office

काठमाण्डौ। नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतले उद्धार तथा राहत कार्यका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ टोली पठाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू बेपत्ता भएकाले भारतले विशेष ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ नेपाल पठाएको हो।

भारतका विदेशमन्त्री एस. जयशंकरका अनुसार सुरुङ प्राविधिक दस्तासँग सुरुङभित्र फसेका तथा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक विशेष उपकरणहरू रहेका छन्। कठिन भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको उद्धार कार्यमा उक्त टोलीले प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

Bizshala
CG Motors

यसैगरी, बाढीपहिरोपछि ठूलो संख्यामा शव फेला परिरहेको अवस्थामा मृतकको पहिचान गर्न भारतले डीएनए विश्लेषणसम्बन्धी फोरेन्सिक विशेषज्ञ टोली र आवश्यक उपकरण समेत नेपाल पठाएको छ।

नेपालमा हालसम्म ७३४ शव फेला परेको र तीमध्ये धेरैको पहिचान हुन बाँकी रहेको अवस्थामा भारतीय फोरेन्सिक टोलीको सहयोगले मृतकको पहिचान तथा परिवारसँग शव हस्तान्तरणको प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

बाढीपहिरोका कारण प्रमुख राजमार्गका पुलहरू ध्वस्त भई यातायात अवरुद्ध भइरहेका बेला भारतले सडक पूर्वाधार पुनःस्थापनाका लागि समेत सहयोग अघि बढाएको छ।

भारतबाट २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक सामग्री बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्। उक्त सामग्री प्रयोग गरी क्षतिग्रस्त क्षेत्रमा अस्थायी पुल निर्माण गरेर यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

त्यसैगरी, थप सातवटा बेली ब्रिज स्थापनाका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत छिट्टै नेपाल पठाइने जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.