आकाशबाट आगो झरेजस्तै, भारतका शहरहरू तन्दुरझैँ तातिए !
नयाँदिल्ली । भारतका विभिन्न राज्यहरू यतिबेला भीषण गर्मीको चपेटामा परेका छन् । उत्तर, मध्य तथा पश्चिम भारतका धेरै क्षेत्रमा तापक्रमले नयाँ रेकर्ड कायम गरिरहेको छ भने जनजीवन अत्यन्त कष्टकर बनेको छ । भारतीय मौसम विभाग (IMD) ले राजधानी दिल्लीसहित धेरै क्षेत्रमा ‘हीट वेभ’ को उच्च जोखिम औँल्याउँदै ‘अरेन्ज अलर्ट’ जारी गरेको छ ।

