आईतवार, आश्विन ४,२०८३ 05:36:43
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:36:43
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्यारिफपछि भारतले रूसबाट तेल आयात घटाएको अमेरिकी वित्तमन्त्रीको दाबी

अमेरिकी ट्यारिफपछि भारतले रूसबाट तेल आयात घटाएको अमेरिकी वित्तमन्त्रीको दाबी
New Office

काठमाण्डौ । अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २५ प्रतिशत ट्यारिफ लगाएपछि भारतले रूसबाट कच्चा तेल खरिद उल्लेखनीय रूपमा घटाएको दाबी गरेका छन्।

स्विट्जरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा बोल्दै वित्तमन्त्री बेसेन्टले भारतले रूसी तेल आयातलाई ‘लगभग रोक्ने तहसम्म घटाएको’ बताएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

भारतले विगत केही वर्षदेखि रूसबाट ठूलो मात्रामा कच्चा तेल आयात गर्दै आएको थियो। तर पछिल्ला तथ्यांकअनुसार डिसेम्बर र जनवरी महिनामा रूसबाट भारतमा हुने तेल आयातमा तीव्र गिरावट देखिएको छ। अमेरिकी पक्षले यसलाई ट्रम्प प्रशासनद्वारा लगाइएको ट्यारिफको प्रत्यक्ष प्रभावका रूपमा व्याख्या गरेको छ।

Muktinath Bikas Bank Limited

यद्यपि भारतले यस विषयमा औपचारिक रूपमा कुनै पुष्टि गरेको छैन। यसअघि भारत सरकारले करिब १४० करोड जनसंख्याको ऊर्जा आवश्यकता पूरा गर्न किफायती दरमा कच्चा तेल खरिद गर्नु आवश्यक रहेको भन्दै आफ्नो ऊर्जा नीति स्पष्ट गर्दै आएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.