बिहीबार, बैशाख ३,२०८३ 12:43:03
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:43:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी पासपोर्टको प्रभाव खस्कियो, २० वर्षपछि शीर्ष १० बाट बाहिर, नेपाल कहाँ ?

Bizshala
अमेरिकी पासपोर्टको प्रभाव खस्कियो, २० वर्षपछि शीर्ष १० बाट बाहिर, नेपाल कहाँ ?
Shivam Cement

काठमाण्डौ ।कहिल्यै विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये गनिन्थ्यो अमेरिकी पासपोर्ट। तर हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, सन् २००५ यता पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० बाट बाहिरिएको छ।

अब अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको छ, मलेसियासँग बराबरी गर्दै। अमेरिकी नागरिकहरू २२७ मध्ये १८० देशमा मात्र भिसा-फ्री प्रवेश गर्न सक्छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सिंगापुर फेरि शीर्षमा

विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा सिंगापुर पहिलो स्थानमा पुगेको छ। सिंगापुरका नागरिकहरू १९३ देशमा भिसा बिना प्रवेश गर्न सक्छन्।

दोस्रो स्थानमा दक्षिण कोरिया (१९० देश) र तेस्रोमा जापान (१८९ देश) रहेका छन्।

नेपाल १०१औं स्थानमै यथावत

नेपालको पासपोर्ट अघिल्लो त्रैमासिकझैं १०१औं स्थानमा नै यथावत छ। नेपाली नागरिकहरू ३६ देशमा मात्र अनअराइभल भिसा पाउँछन्।

त्यसैगरी, भारतले भने उल्लेख्य सुधार गर्दै ७७औं स्थानमा उक्लिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ स्थान माथि हो। भारतीय नागरिकहरूले ५९ देशमा अनअराइभल भिसा पाउँछन्।

नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तानजस्ता देशहरू सूचिमा तल्लो स्थानमा छन्।

CG Motors
Garima Development Bank
IME remit

किन कमजोर भयो अमेरिकी पासपोर्ट?

अमेरिकी पासपोर्टको प्रभाव घट्नुको मुख्य कारण विभिन्न देशहरूले भिसा नीति कडा पार्नु हो।

ब्राजिलले अप्रिलमा अमेरिकन नागरिकका लागि भिसा-फ्री नीति समाप्त गरेको छ। चीनले पनि आफ्नो भिसा-फ्री कार्यक्रममा अमेरिकालाई समावेश गरेन।

त्यसैगरी, पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामका नयाँ भिसा नियमहरूले पनि अमेरिकी पासपोर्टको आकर्षण घटाएका छन्।

हेनले एण्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिनका अनुसार,“अमेरिकी पासपोर्टको र्‍याङ्किङ घट्नु केवल संख्यात्मक कुरा होइन, यो विश्वमा शक्ति सन्तुलन परिवर्तनको संकेत हो। खुलापन अपनाउने देशहरू अघि बढिरहेका छन्, जबकि पुरानो सोचमा अडिएका देशहरू पछि परिरहेका छन्।”

पूर्व अमेरिकी राजदूत एनी फोर्जहाइमरले पनि अमेरिकी नीतिहरूको कठोर सोच नै यसको प्रमुख कारण भएको बताएकी छन्।

बेलायती पासपोर्ट पनि कमजोर

बेलायती पासपोर्ट सन् २०१५ मा पहिलो स्थानमा थियो। तर अहिले यो छैटौं स्थानबाट झरेर आठौं स्थानमा पुगेको छ।

यसैबीच, चीनको पासपोर्टले उल्लेख्य सुधार गर्दै सन् २०१५ को ९४औं स्थानबाट ६४औं स्थानमा उक्लिएको छ। चीनका नागरिकहरू अहिले ७६ देशमा भिसा–फ्री प्रवेश गर्न सक्छन्- जुन अमेरिका भन्दा ३० बढी हो।

चीनले हालै रूस, खाडी मुलुक, दक्षिण अमेरिका र युरोपका धेरै देशहरूसँग भिसा–फ्री सम्झौता गरेको छ।

देशस्थानभिसा–फ्री देश
सिंगापुर1193
दक्षिण कोरिया2190
जापान3189
अमेरिका12180
भारत7759
नेपाल10136
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.