बिहीबार, भाद्र १८,२०८३ 11:12:39
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 11:12:39
Bizshala
Global IME Bank Limited

दिल्ली हाईकोर्टसहित भारतको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको धम्की

दिल्ली हाईकोर्टसहित भारतको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको धम्की
New Office

काठमाण्डौ। भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली हाईकोर्ट, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न महत्वपूर्ण स्थानमा शुक्रबार बम विस्फोटको धम्की दिइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘Blast Delhi High Court @2:11 PM’  शीर्षकमा पठाइएको धम्कीपूर्ण इमेलमा शनिबार दिउँसो २ बजेर ११ मिनेटमा दिल्ली हाईकोर्टमा बम विस्फोट गराउने र त्यसको एक घण्टापछि विभिन्न जिल्ला अदालतमा विस्फोट गराउने दाबी गरिएको छ । भारतको ८०औँ स्वतन्त्रता दिवस समारोहको पूर्वसन्ध्यामा धम्की आएपछि सुरक्षा निकाय सतर्क भएका छन् ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

इमेलमा दिल्लीलाई ‘खालिस्तान’ बनाउने दाबी गर्दै विभिन्न स्थानमा विस्फोट गराउने योजना उल्लेख गरिएको छ । इमेलमा दिल्लीका अदालतमा सिख समुदायविरुद्ध मात्रै मुद्दा चलाउने आरोपसमेत लगाइएको छ । साथै, आफूहरू खालिस्तान समर्थक समूहका सदस्य भएको र केही सदस्य दिल्ली पुगिसकेको दाबी गरिएको छ ।

धम्की प्राप्त हुने अन्य स्थानमा जामनगर हाउस, झण्डेवालान भवन, साकेतस्थित कार्यालय, जिल्ला मजिस्ट्रेटको कार्यालय, क्ष्न्क्ष् विमानस्थलको टर्मिनल–३ तथा दिल्ली क्यान्टस्थित एसडीएम कार्यालय रहेका छन् ।

त्यसैगरी दिल्ली मेट्रो तथा अम्बाला जाने रेललाई समेत निशाना बनाउने धम्की दिइएको छ ।

धम्कीपछि सुरक्षा निकायले सम्बन्धित स्थानमा अग्निनियन्त्रक गाडीसहित सुरक्षा टोली परिचालन गरेका छन् । प्रहरीले विभिन्न स्थानमा खोजी तथा जाँच अभियान सञ्चालन गरिरहेको छ । हालसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धम्कीको विश्वसनीयता तथा इमेल पठाउने व्यक्तिको पहिचानबारे सुरक्षा निकायले अनुसन्धान अघि बढाएका छन् । स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राजधानीका महत्वपूर्ण सरकारी तथा सार्वजनिक स्थानमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.