काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १०५ अमेरिकी डलर अथार्त २.६० प्रतिशतले गिरावट आएको हो।
यससँगै सुनको मूल्य प्रतिऔंस करिब ३ हजार ८९० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ। यो पछिल्ला केही महिनायताकै न्यून स्तर हो।
अमेरिकी डलर बलियो हुनु, केन्द्रीय बैंकले ब्याजदर थप बढाउने अपेक्षा र तेलको मूल्यमा भएको वृद्धिका कारण सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।