बिहीबार, बैशाख ३,२०८३ 12:43:05
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:43:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा जीएसटीको विषयमा ठूलो घोषणा, कुन–कुन वस्तु हुने भयो सस्तो ?

Bizshala
भारतमा जीएसटीको विषयमा ठूलो घोषणा, कुन–कुन वस्तु हुने भयो सस्तो ?
Shivam Cement

काठमाण्डौ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले वस्तु तथा सेवा कर अर्थात् जीएसटीका सम्बन्धमा ठूला घोषणा गरेकी छन्। उनले बुधबार जीएसटी काउन्सिलको बैठकमा दुई दरवाला जीएसटी प्रणालीमा सहमति भएको बताइन् ।  

उनले १२ प्रतिशत र २८ प्रतिशत दरको स्ल्याब खारेज गरिएको जानकारी दिदै ५ प्रतिशत र १८ प्रतिशतका दुई नयाँ दरका विषयमा सहमति भएको बताइन् । नयाँ जीएसटी दरहरू सेप्टेम्बर २२ देखि लागू हुनेछन्।  

के–के हुनेछ सस्तो ?

नमकीन, भुजिया, मिश्रणमा जीएसटी १२ प्रतिशतबाट घटाएर ५ प्रतिशत पुर्याइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दैनिक प्रयोग हुने वस्तुहरु भयो सस्तो– जीएसटी ५ प्रतिशत

–कपालमा लगाउने तेल, स्याम्पु, टूथपेस्ट, ट्वाइलेट पसल बार, टूथब्रश, सेभिङ क्रिम, बटर, घिउ, चिज, डेयरी स्प्रेड

–प्याकेज गरिएको नमकीन, भुजिया मिश्रण, भाँडाकुँडा, बच्चाको दूधका बोतलहरू, नेपकिन र डायपरहरू

–सिलाई मेसिन र यसको पार्ट्स

स्वास्थ्य सेवा क्षेत्र

–स्वास्थ्य र जीवन बीमाको जीएसटी १८ प्रतिशतबाट घटेर शुन्यमा झारियो  

–थर्मोमिटर, मेडिकल ग्रेड अक्सिजन, डायग्नोस्टिक किट, ग्लुकोमिटर, टेस्ट स्ट्रिप्समा ५ प्रतिशत जीएसटी

शिक्षा र कृषि क्षेत्र

नक्सा, चार्ट, ग्लोब, पेन्सिल, शार्पनर, रंग, किताब र नोटबुक, इरेजरमा जीएसटी शून्यमा घट्यो

–ट्रयाक्टरको टायर र त्यसका पार्टपुर्जाहरूमा  जीएसटी १८ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित

–ट्रयाक्टर, जैविक कीटनाशक, सूक्ष्म पोषक तत्व, ड्रिप सिंचाई प्रणाली, स्प्रिंकलरमा जीएसटी १२ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम  

विद्याुतीय सामान  

भाँडा धुने मेसिन, मोटरबाट चल्ने फ्यान जस्ता एसी मेसिन र आर्द्रता नियन्त्रण गर्ने तत्वहरूमा जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ। टिभी, मोनिटर, प्रोजेक्टर र सेट टप बक्समा पनि जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ।

लक्जरी जीएसटी कर ४० प्रतिशत

–पान मसाला, सिगरेट, गुटखा

–एरेटेड वाटर, कैफीनयुक्त पेय

–ठूलो आकारको कार

निर्मला सीतारमणले दर हुने कटौतीका कारण भारत सरकारलाई करिब ९३ हजार करोड भारुबराबर राजस्व घाटा हुने बताइन् । यसबाहेक, सरकारले ४० प्रतिशत स्ल्याबबाट करिब ४५ हजार करोड भारु थप आम्दानी गर्ने अपेक्षा गरिएको छ। परिषदुले दुईवटा स्ल्याब दर स्वीकृत गरेको छ । यी ५ र १८ प्रतिशत हुन् ।  

राज्यले राजस्व नोक्सानको क्षतिपूर्ति कसरी दिने भन्ने निर्णय भने भइनसकेको जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.