आईतवार, श्रावण १०,२०८३ 03:15:45
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:15:45
Bizshala
Global IME Bank Limited

अमेरिकाले दियो रुसी तेल खरिदका लागि ३० दिनको अस्थायी छुट, भारतले भन्यो, ‘हामी पहिलेदेखि खरिद गरिरहेका छौं’

अमेरिकाले दियो रुसी तेल खरिदका लागि ३० दिनको अस्थायी छुट, भारतले भन्यो, ‘हामी पहिलेदेखि खरिद गरिरहेका छौं’
New Office

काठमाण्डौ । मध्यपूर्वमा इरानसम्बन्धी बढ्दो युद्ध तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अनिश्चितता बढिरहेका बेला अमेरिकाको ट्रेजरी विभागले समुद्रमा रहेका रूसी तेल कार्गोमाथि लागू प्रतिबन्धमा ३० दिनको अस्थायी छुट घोषणा गरेको छ।

अमेरिकी वित्तमन्त्री स्कट बेससेन्टले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै कमजोर तथा ऊर्जा अभाव झेलिरहेका देशहरूलाई राहत दिन अस्थायी लाइसेन्स जारी गरिएको बताएका छन्। उनका अनुसार उक्त निर्णयले विश्व कच्चा तेल बजारलाई स्थिर बनाउन तथा आवश्यक मुलुकसम्म ऊर्जा आपूर्ति सुनिश्चित गर्न सहयोग गर्नेछ।

यसैबीच, भारत सरकारले भने अमेरिकी प्रतिबन्धका बाबजुद पनि रूसबाट तेल आयात निरन्तर जारी राखिएको स्पष्ट पारेको छ। भारतको पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजता शर्माले पत्रकार सम्मेलनमा भारतको नीति सुरुदेखि नै स्पष्ट रहेको बताउँदै अमेरिकी छुटअघि, छुट अवधिमा तथा आगामी दिनमा पनि रूसबाट तेल खरिद जारी रहने उल्लेख गरिन्।

उनले अमेरिकी प्रतिबन्धले भारतको आयात योजनामा कुनै असर नपर्ने पनि स्पष्ट पारिन्।

विशेषज्ञहरूका अनुसार मध्यपूर्व तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप अस्थिर बन्न सक्ने जोखिम रहेकाले अमेरिकाको पछिल्लो निर्णयलाई विश्व ऊर्जा बजार स्थिर राख्ने प्रयासका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.