भारतलाई रुसबाट तेल खरिद गर्न अमेरिकाले दियो स्वीकृती
काठमाण्डौ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टलेले रूसी तेलमा जारी प्रतिबन्धलाई अस्थायी रूपले सुचारु गरेर भारतलाई समुद्रमा अहिले अड्केर रहेको रूसी क्रूड तेल ३० दिनसम्म खरिद गर्न अनुमति दिएको घोषणा गरेको छ। यस निर्णयले विश्वव्यापी ऊर्जा आपूर्ति संकटलाई केही लचिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

