काठमाण्डौ । भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो ।
मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।
यसबीचमा चीनको राजधानी बेईजिङबाट भने १८ जना अर्बपति बाहिरिएका छन् । चीनमा कुल ८१४ जना अर्बपति बसोवास गर्ने गर्छन् । भारतमा भने कुल २७१ जना अर्बपति धनाढ्य बसोवास गर्छन् ।
विश्वको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहरका रुपमा भने मुम्बई विश्वको तेस्रो शहरको रुपमा रहेको छ । गएको एक वर्षको अवधिमा मुम्बईका कुल ९२ जना अर्बपतिको सम्पत्ति ४७ प्रतिशतले बढेर ४४५ बिलियन डलर पुगेको रिपोर्टमा जनाइएको छ ।
चीनको राजधानीमा भने धनाढ्यहरुको सम्पत्ति २८ प्रतिशतले बढेर २६५ बिलियन डलर पुगेको छ ।
विश्वको सबैभन्दा धेरै अर्बपति बस्ने शहर भने अमेरिकाको न्यूयोर्क रहेको छ । यहाँ ११९ जना अर्बपतिको बसोवास छ । दोस्रोमा लण्डन रहेको छ । लण्डनमा ९७ जना अर्बपतिको बसोवास रहेको छ । तेस्रोमा मुम्बई र चौथोमा बेईजिङ रहेका छन् ।