• बिहीबार, भाद्र २६,२०८२ 04:18:37
Global IME Bank Limited

पाकिस्तानसँगको तनावका बीच भारतले फ्रान्सबाट २६ वटा लडाकु विमान खरिद गर्ने

Hyundai Nepal
पाकिस्तानसँगको तनावका बीच भारतले फ्रान्सबाट २६ वटा लडाकु विमान खरिद गर्ने

काठमाण्डौ । पाकिस्तानसँगको तनावका बीच भारतले फ्रान्ससँग ७.४१ अर्ब डलर मूल्यबराबरको २६ वटा राफेल फाइटर विमान खरिद गर्ने सम्झौता गरेको छ ।  

भारत सरकारले आफ्नो नौसेनाका लागि राफेल विमान खरिद गर्न सोमबार सम्झौता गरेको हो । यो खरिदका लागि अप्रिल महिनाको सुरुवातमा प्रधानमन्त्री नरेन्द्र मोदी अध्यक्ष भएको भारतको सुरक्षा परिषद्ले अनुमति दिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शैनिक बललाई आधुनिकीकरण गर्ने,हातहतियारमा रुसमाथिको परनिर्भरता कम गर्न र चीन र पाकिस्तानसँगको सिमामा खटिएका सुरक्षा बलका लागि घरेलु हतियारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो सम्झौता भएको जनाइएको छ ।  

भारतीय वायुसेनासँग हाल ३६ वटा राफेल लडाकु विमानहरू छन् । जबकि नौसेनाको विमान फ्लीटमा मुख्य रूपमा रूसी मिग–२९ जेटहरू समावेश छन्।

हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिलाई कम गर्न भारतीय नौसेना विगत एक दशकदेखि कार्यरत छ । चीनले यस क्षेत्रमा दोहोरो उद्देश्यीय जहाजहरू सञ्चालन गरिरहेको छ र २०१७ देखि जिबूटीमा सैन्य आधार बनाएको छ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.