सोमबार, श्रावण १८,२०८३ 05:28:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:28:41
Bizshala
Global IME Bank Limited

भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्दै

भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्दै
New Office

काठमाण्डौ । भारतमा सुनको माग ४ वर्षकै न्यूनतर्फ उन्मुख भएको छ । विश्व बजारमा सुनको मूल्यले दैनिक नयाँ रकेर्ड कायम गर्दै गर्दा भारतमा सुनको माग ४ वर्षकै न्यून स्तरमा पुग्न लागेको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।  

भारत सुन उपभोग गर्ने विश्वको दोस्रो ठूलो देश हो । सन् २०२४ मा भारतमा ७०० देखि ७५० मेट्रिक टनसम्म सुन उपभोग हुने प्रक्षेपण गरिएको छ । जुन सन् २०२० पछिकै न्यून हो । गत वर्ष भारतमा ७६१ टन सुन उपभोग भएको थियो ।  

विवाह,दीपावली जस्ता चाडपर्वका कारण भारतमा वर्षको अन्त्यतिर सुनको माग बढ्ने गरेको पाइन्छ ।  

तर यो वर्ष भने घरेलु बजारमा मूल्यमा आएको तीव्र गिरावटका कारण भारतीय उपभोक्ताहरुले अगस्ट महिनामे सुनको खरिद बढाएका थिए । भारत सरकारले जुलाईमा सुनको आयातमा ९ प्रतिशत कर छुटको व्यवस्था गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.