महँगो सुनले आयातदेखि कारोबारसम्ममा मन्दी, व्यवसाय ५० प्रतिशतसम्म डाउन
–रविन ठकुरी काठमाण्डौ । सुनको मूल्य ऐतिहासिक उचाइतर्फ उक्लिँदै जाँदा नेपाली सुनचाँदी बजारमा गम्भीर मन्दी देखिएको छ। माग घट्दा कारोबार ५० प्रतिशतसम्म खुम्चिएको छ भने यसको असर सुन आयातदेखि व्यवसायमा आश्रित कालीगढ र मजदुरको आम्दानीसम्म परेको छ।सुन व्यवसायीका अनुसार अहिलेको मन्दीले कतिपय व्यवसायीलाई पसलको भाडासमेत धान्न कठिन बनाएको छ। सुन व्यवसायमा आश्रित कालीगढको...

