काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।
यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको भाउ भने यो दिन तोलामा २० रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । मंगलबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २७.७६ डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।