सोमबार, श्रावण १८,२०८३ 05:33:54
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:33:54
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि
New Office

काठमाण्डौ । सुनको मूल्यमा पुनः उछाल आउने अवस्था देखिएको छ ।  

पछिल्लो केही घण्टामा सुनको मूल्यमा २ प्रतिशतको बढोत्तरीसहित ट्राय औंस(२८.३४९५ ग्राम)को मूल्य ४१३० डलरभन्दा माथि पुगेको हो।

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य ९ प्रतिशतसम्मले घटेको थियो । पछिल्ला केही घण्टा चाहिँ घट्न बन्द भएर सुनको मूल्य सुधार हुँदै अहिले २ प्रतिशतले बढिसकेको छ ।  

हिजो पनि अन्तराष्ट्रिय बजारमा कारोबार खुलेलगत्तैदेखि सुन र चाँदीको मूल्य घटेको थियो । लामो समयसम्म झिनो अंकले मूल्य घट्यो । १२ घण्टाअघिसम्म  करिब ४००० प्रति औंसमा झरिसकेको सुनको मूल्य सम्हालिएर यो समाचार तयार पार्दासम्म ४१३० डलरभन्दा माथि पुगेको छ । 

चाँदीको मूल्यमा पनि करिब २ प्रतिशतकै बढोत्तरी देखिएको छ । योसँगै प्रति औंस चाँदीको मूल्य पनि ४९ डलरभन्दा माथि पुगेको छ ।  

सिएनएन मनी, बीबीसी विजिनेश, रोयटर्स, सिएनबिसी लगायतमा प्रकाशित प्रक्षेपणहरुमा समेत सुनको मूल्य अब धेरै नघट्ने दाबी गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.