चाँदीमा सुनभन्दा साढे दुई गुणा तीव्र गिरावट, एक महिनामै किन गुम्यो चमक ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य ओरालो लाग्दा चाँदीले तुलनात्मक रूपमा ठूलो धक्का व्यहोरेको छ। ब्याजदरसम्बन्धी चिन्तासँगै औद्योगिक मागको दबाब जोडिँदा चाँदीको गिरावट सुनभन्दा तीव्र देखिएको हो।अक्टोबर २३ को न्यूयोर्क समय साँझ ५ः१५ बजेको गोल्डप्राइस डट ओआरजीको विवरणअनुसार सुन प्रतिट्रय औंस ३ हजार ९९५.८८ डलर र चाँदी ५३.९२ डलरमा झरेका छन्। उक्त विवरणमा...

