शनिबार, असार १३,२०८३ 09:58:57
Bizshala
  • शनिबार, असार १३,२०८३ 09:58:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चाँदीको मूल्य ऐतिहासिक उचाईमा, अमेरिकी ब्याजदर कटौती र औद्योगिक मागले बढायो भाउ

Laxmi Sunrise Bank Limited
चाँदीको मूल्य ऐतिहासिक उचाईमा, अमेरिकी ब्याजदर कटौती र औद्योगिक मागले बढायो भाउ

काठमाण्डौ । प्रविधि उद्योगबाट बढ्दो माग र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) द्वारा ब्याजदर घटाउने अपेक्षाले गर्दा चाँदीको मूल्य इतिहासमै पहिलोपटक प्रतिऔंस ६० डलर नाघेको छ। स्पट बजारमा—जहाँ धातु तत्काल डेलिभरीका लागि किनबेच हुन्छ, मंगलबार चाँदीले यो नयाँ रेकर्ड बनाएको हो।

अहिले चाँदीको कारोबार प्रतिऔंस ६१.०७ डलरमा भईरहेको छ ।

यसैबीच सुनको मूल्य पनि यस साता बढिरहेको छ। यसअघि अमेरिकी ट्यारिफ नीति र विश्व आर्थिक अनिश्चितताप्रति बढेको चिन्ताले सुनले यस वर्षकै नयाँ कीर्तिमान बनाउँदै प्रति औंस ४,००० डलर पार गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

विश्लेषकहरूका अनुसार ब्याजदर घट्दा बैंकमा नगद राख्ने वा छोटो अवधिका बोण्ड किन्नु आकर्षक नहुने भएकाले लगानीकर्ताहरू सुन–चाँदीजस्ता सुरक्षित सम्पत्तिहरूतर्फ आकर्षित हुने गर्छन्। नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका डा. यीओ ही चुवाका अनुसार, ब्याजदर घट्ने संकेतले मूल्यको सुरक्षित भण्डारका रूपमा हेरिने धातुहरूतर्फ माग बढाउँछ।

विशेषज्ञहरू भन्छन् ,‘चाँदीको मूल्य वृद्धि केवल लगानीका कारण मात्र होइन, बलियो औद्योगिक माग र सीमित आपूर्तिका कारण पनि हो। यी दुई कारणले यो वर्ष चाँदीको मूल्य दोब्बरभन्दा बढी बढेको छ, जसले यसलाई सुनसहितका अन्य बहुमूल्य धातुभन्दा उत्कृष्ट प्रदर्शनकर्ता बनाएको छ।

चाँदी उत्कृष्ट विद्युत् संवाहक भएकाले यसको प्रयोग इलेक्ट्रिक सवारी(ईभी), सौर्य प्यानल, उन्नत ब्याट्री प्रविधिमा तीव्र रूपमा बढ्दो छ। तर चाँदी उत्पादन छिट्टै बढाउन सहज छैन, किनकि विश्वका अधिकांश चाँदी खानीहरू सिसा, तामा वा सुन निकाल्ने क्रममा सह–उत्पादनका रूपमा चाँदी निकाल्छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिअन्तर्गत चाँदीमा समेत ट्यारिफ लगाइने सम्भावनाले अमेरिकी बजारमा यसको भण्डारण बढेको छ। यसले अन्य देशहरूमा आपूर्तिको कमी र विश्व बजारमा मूल्यवृद्धि भएको विश्लेषणहरू बताउँछन्।

अमेरिकाले आफ्नो आवश्यकताका लागि झन्डै दुई–तिहाइ चाँदी आयात गर्छ, जुन उद्योग, गहनादेखि लगानीसम्म विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ। आपूर्ति अवरोध नहोस् भनेर अमेरिकी उत्पादनकर्ताहरूले अग्रिम रूपमा ठूलो मात्रामा चाँदी खरिद गरिरहेको विज्ञले बताएका छन् ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.