मंगलवार, असार १७,२०८२ 06:38:11
  • मंगलवार, असार १७,२०८२ 06:38:11
Global IME Bank Limited

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो

Hyundai Nepal
घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ ।  

नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो ।  

बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा सुनको भाउमा २.०७ प्रतिशतको बढोत्तरी देखिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

स्ट्याण्डर्ड गोल्डको मूल्य पनि बढेर प्रतितोला १ लाख २७ हजार २०० पुगेको छ । बुधबार १ लाख २४ हजार ६०० रुपैयाँ रहेको थियो ।  

सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ । बुधबार १ हजार ५२० रुपैयाँमा सीमित थियो । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । चाँदीको मूल्य पनि एकदिनमै २.३० प्रतिशतले बढेको छ ।  

यसअघि फागुन २७, २८ र २९ गते सुनको भाउ प्रतितोला १ लाख २६ हजार पुगेको थियो । चाँदीको भने चैत ४ गते प्रतितोला १ हजार ५३० पुगेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.