बिहीबार, आश्विन १,२०८३ 09:22:46
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:22:46
Bizshala
Global IME Bank Limited

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो

घरेलु बजारमा सुनचाँदीको मूल्यमा उछाल, हालसम्मकै महङ्गो
New Office

काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ ।  

नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो ।  

बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा सुनको भाउमा २.०७ प्रतिशतको बढोत्तरी देखिएको छ । 

Shivam Cement
Bizshala
CG Motors

स्ट्याण्डर्ड गोल्डको मूल्य पनि बढेर प्रतितोला १ लाख २७ हजार २०० पुगेको छ । बुधबार १ लाख २४ हजार ६०० रुपैयाँ रहेको थियो ।  

सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ । बुधबार १ हजार ५२० रुपैयाँमा सीमित थियो । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । चाँदीको मूल्य पनि एकदिनमै २.३० प्रतिशतले बढेको छ ।  

यसअघि फागुन २७, २८ र २९ गते सुनको भाउ प्रतितोला १ लाख २६ हजार पुगेको थियो । चाँदीको भने चैत ४ गते प्रतितोला १ हजार ५३० पुगेको थियो । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.