बुधबार, फाल्गुन २०,२०८२ 12:45:24
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 12:45:24
Bizshala
Global IME Bank Limited

सुनचाँदीको स्थानीय मूल्यमा पहिरो, झरेर कतिमा सीमित भयो भाउ ?

Hyundai Nepal
सुनचाँदीको स्थानीय मूल्यमा पहिरो, झरेर कतिमा सीमित भयो भाउ ?
Shivam Cement

काठमाण्डौ । सुनचाँदीको मूल्यमा बुधबार पहिरो गएको छ ।  

नेपाली बजारमा बुधबार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोलामा ११ हजार रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो । यसरी हेर्दा सुनको भाउमा ३.३४ प्रतिशतको पहिरो गएको देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अन्तराष्टिय बजारमै पनि हिजोदेखि नै सुनचाँदीको भाउमा भीषण पहिरो जान थालेको थियो । तीव्र गिरावट दिनको अन्तिम कारोबार समयसम्म आउँदा केही थामिएको थियो । त्यसकै प्रभाव नेपाली बजारमा समेत परेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, चाँदीको भाउमा सुनको भन्दा ठूलो पहिरो गएको छ । मंगलबारको तुलनामा नेपाली बजारमा चाँदीको भाउ ४.७२ प्रतिशतले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर बुधबार भने ५ हजार ५४० मा सीमित बन्न पुगेको हो । यसरी हेर्दा तोलामै चाँदीको मूल्य २७५ रुपैयाँले घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.