आईतवार, आश्विन २०,२०८१ 04:19:40
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 04:19:40
IME remit
Global IME Bank Limited

सुनको उच्च भन्सार महशुलले साढे २ महिनामै ३ अर्बभन्दा बढी राजश्व नोक्सान

Hyundai Nepal
सुनको उच्च भन्सार महशुलले साढे २ महिनामै ३ अर्बभन्दा बढी राजश्व नोक्सान
Nabil Bank Limited

काठमाण्डौ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महिनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजश्व नोक्सानी भएको एक अध्ययनले देखाएको छ ।

नेपालमा दैनिक २० किलोको दरले सुन आयात गर्ने अनुमति पाएका वाणिज्य बैंकले सुन आयात नगर्दा सरकारले पाउने राजश्व नोक्सानी भएको हो । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमन मान ताम्राकारका अनुसार भारतले साउन पहिलो साता ल्याएको संघीय बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार घटाएपछि नेपालको तुलनामा भारतमा सुन सस्तिएको छ । नेपाल र भारतमा सुनको मूल्यमा फराकिलो अन्तर हुँदा अनधिकृत बाटोबाट आयात–निर्यात हुने गर्छ ।  

भन्सार महशुलका कारण नेपालको तुलनामा भारतमा सुन सस्तिएपछि भारतबाट अनधिकृत रुपमा भित्रिएको सस्तो सुन बजारमा आपूर्ति हुने र आफूले आयात गरेको महँगो सुन नबिक्ने डरले बैंकहरुले आयात गर्न रोकेका हुन् ।

अहिले भारतमा सुन आयातमा ६ प्रतिशत भन्सार लाग्छ । नेपालमा सुन आयातमा लाग्ने भन्सार दर २० प्रतिशत छ ।

Bizshala
Shivam Cement
CG Motors

‘बैंकहरुले दैनिक २० किलोको दरले सुन आयातगर्नुपर्नेमा नेपालभारतबीचको सुनको भन्सार महशुलमा समायोजन नभएकाकारणघाटाहुने भयले उनीहरुले तीनमहिनादेखि सुन आयातनगर्दा राज्यलाई ३ अर्ब ६ करोड ४० लाख ५६ हजार सुनबाटप्राप्तहुने राजश्व नोक्सान भएको हाम्रो अध्ययनले देखाएको छ,’ संघको १९औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा अध्यक्ष ताम्राकारले प्रमुख अतिथिको रुपमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई इंगित गर्दै भने, ‘तसर्थ सुनचाँदीको भन्सार महशुल अविलम्ब समायोजन गरी राजश्व संकलनमा सकारात्मक प्रभाव पर्ने काम गर्न हुन तथा देशभित्र वैध व्यापारलाई प्रश्रय दिने काममा अनुकुल वातावरण निर्माण गरी हामी व्यवसायीलाई सहयोग गर्नु हुन माननीय मन्त्रीज्यूलाई अनुरोध गर्दछु ।’

भारतमा सुन सस्तिएपछि सीमावर्ती क्षेत्रकाग्राहक समेत गरगहनाकिन्नपारि जान थालेकाले ती क्षेत्रमा सञ्चालित गरगहना व्यवसायमा कारोबार ठप्प भएको व्यवसायीको भनाइ छ । मूल्यअन्तरका कारण हुने अनधिकृत आयात निर्यात रोक्न नेपाल र भारतमा सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल समान हुनुपर्ने माग आफूहरुले गरे पनि सरकारले नसुन्दा २२ हजार व्यवसायी संलग्न भएको र ४ लाखले रोजगारी पाएको व्यवसाय डुब्ने अवस्थामा पुगेको अध्यक्ष ताम्राकारले गुनासो गरे ।

उनले बहुमूल्य आभुषण व्यवसायलाई नियमन गर्ने ऐन र निर्देशिकाको अभाव रहेको भन्दै यथाशीघ्र ऐन, कानून बनाउनुपर्नेमा पनि उनले जोड दिए । गरगहनालाई निकासीमा नगद अनुदान पाउने वस्तुको सूचीमा समावेश गर्न पनि उनले माग गरे । नेपालबाट गरगहना र बहुमूल्य रत्नपत्थर निकासीको सम्भावना उच्च रहेको तर लागतका कारण पर्याप्त मात्रामा निर्यात हुन नसकेको भन्दै उनले नगद अनुदानले निकासी बढाउन योगदान गर्ने बताए ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

उनले सुनचाँदी आपूर्ति प्रणालीमा समय सापेक्ष सुधारको माग गर्दै जेम्स एन्डज्वेलरी परिषद् गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याए । वाणिज्य बैंकहरुबाट हुने सुन आपूर्ति प्रणालीमा सरलीकरण गर्नुपर्नेमा अध्यक्ष ताम्राकारको जोड थियो ।

उद्घाटन सत्रलाई सम्बोधनगर्दै नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बैंकले सुन आयात नगरेको बेला व्यवसायीलाई नै कोटामा आयात गर्न दिए उपयुक्त हुने सुझाए । उनले नेपालमा पाइने बहुमूल्य रत्नपत्थर प्रशोधनको लागि स्थायी नीतिको आवश्यकता पनि औंल्याए ।

महासंघका अर्का उपाध्यक्ष हेमराज ढकालले भारतको महशुल कटौतीले समस्या पारेको भन्दै नेपालमा सुन आयातमा लाग्ने महशुल तुरुन्त घटाउनुपर्नेमा जोड दिए । भारत र नेपालको असमान भन्सार महशुलकै कारण कतिपय व्यवसायी नेपाल छाडेर दुबई जाने मनस्थितिमा रहेको आफूले भेटेको भन्दै उनले यो व्यवसाय जोगाउने हो भने तुरुन्त भन्सार घटाउनुपर्ने बताए । यस क्षेत्रमा काम गर्ने जनशक्तिको सीप विकासको लागि सरकारले तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । अहिले गरगहना बनाउने कालिगड नेपालमा नहुँदा भारतीय र बंगलादेशबाट ल्याउनुपर्ने अवस्था छ । उनले उद्यम, व्यवसायसँग सम्बन्धित नीति नियममा कर्मचारीतन्त्रीय दृष्टिकोणबाट मुक्त हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले व्यवसायीका कुरा सुनेर हुन्छ भन्ने तर काम नगर्ने परिपाटी त्यागेर तत्कालै भारतको सँग मेल खाने गरी सुनको भन्सार समायोजन गर्नुपर्ने उनले बताए । उनले ओपन जनरल लाइसेन्स (ओजीएल) प्रणालीमा तत्काल जान नसके सुनका गरगहना बनाएर निर्यात गर्ने व्यवसायीलाई भने पनि सुन आयातगर्न दिनुपर्ने बताए । तीनपुस्ते विवरण राखेर पुरानो सुन किन्न दिन उपयुक्त हुने उनको सुझाव छ । निजी क्षेत्रलाई समेत अख्तियारको दायरामा ल्याउने प्रयासले व्यवसायी आत्तिएको मल्लले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको बताए । सुनको भन्सार महशुल समायोजन गर्नुपर्ने मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने उनले बताए ।

छिमेकी मुलुकले सुनमा लगाएको राजश्व र करका दरले नेपालको सुनचाँदी व्यवसाय प्रभावित भएको विषयमा आफू जानकार रहेको भन्दै मन्त्री भण्डारीले करको दर समायोजन गर्न सरकारले छलफल थालिसकेको जानकारी दिए । व्यवसायी धराशयी हुने र सरकारले राजश्व गुमाउनुपर्ने स्थितिमा व्यवसायीले राखेको कर समायोजनको विषय सकारात्मक भएको टिप्पणी गर्दै उनले चाँडै व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

उद्घाटन सत्रमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि आफ्ना धारणा राखेका थिए ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.