शनिबार, बैशाख ६,२०८२ 04:31:29
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 04:31:29
IME remit
Global IME Bank Limited

घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट

Hyundai Nepal
घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रियसँगै घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट आएको छ ।  

पहेँलो धातु सुनको मूल्य घरेलु बजारमा आज प्रतितोला २ हजार २०० रुपैयाँले मूल्य घटी १ लाख ५० हजार ८०० कायम भएको हो ।  

अघिल्लो दिन सुनको मूल्य १ लाख ५३ हजार प्रतितोलामा कारोबार भइरहेको थियो ।  

। अन्तराष्ट्रिय बजारमा ह्वात्तै घटेको मूल्य घरेलु बजारमा समेत परेको हो । । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य  ३६.४२ डलर घटी प्रतिऔंस २६४८.९५ अमेरिकी डलरमा सीमित बन्न पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पछिल्लो समय सुनको मूल्यमा घटबढको श्रृङ्खला जारी छ । मध्यपूर्व र अन्य क्षेत्रमा युद्ध चर्किँदा सुरक्षित लगानी ठानिने सुनको माग ह्वात्तै बढी मूल्यमा समेत उछाल आउने गरेको छ भने युद्ध मत्थर भएको अवस्थामा सुनको लगानी अन्यत्र सर्ने हुँदा मूल्य घट्ने गरेको छ । 

यस्तै, अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने गरेको छ भने भाउ घट्दा लगानीकर्ताहरु सुनमा सरेपछि माग बढी मूल्य बढ्ने गरेको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

नेपालमा निर्धारण हुने सुनको मूल्य पनि अन्तराष्टिय बजारमा हुने उतारचढावमा आधारित हुन्छ । यहीकारण अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा समेत मूल्य घट्ने गर्छ । आजको अन्तराष्ट्रिय बजारको मूल्यलाई हेर्दा नेपालको घरेलु बजारमा समेत सुनको मूल्य राम्रै घट्नसक्ने आँकलन गर्न सकिन्छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.