बुधबार, असार १०,२०८३ 03:08:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दक्षिण कोरियामा अत्यधिक मागका कारण सुनको अभाव, बैंकहरुलाई बिक्रीमा रोक

Laxmi Sunrise Bank Limited
दक्षिण कोरियामा अत्यधिक मागका कारण सुनको अभाव, बैंकहरुलाई बिक्रीमा रोक

काठमाण्डौ । दक्षिण कोरियामा सुनको अभाव भएको छ । दक्षिण कोरियाली सरकारद्वारा सञ्चालित टक्सार कम्पनी,‘कोरिया मिन्टीङ एण्ड सेक्युरिटी प्रिन्टिङ कर्पोरेशन(कोम्स्को)ले ‘गोल्ड बार’को अभावको सामना गरेको हो ।  

कोम्स्कोले कोरियामा विभिन्न सेक्युरिटी प्रडक्टहरुको उत्पादन तथा वितरण गर्ने गर्दछ । कोम्स्कोले गत महिना गोल्ड बारको बिक्रीमा रोक लगाएको थियो ।  

कोम्स्कोले दक्षिण कोरियाली वाणिज्य बैंक,स्टोर र अनलाइन सपिङ मलहरुलाई सुन बिक्री गर्ने गर्छ । राजधानी सउलमा भेन्डिङ मेशिनमा नङको आकारको सुन बिक्री भएको दक्षिण कोरियाका स्थानिय मिडियाले बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

सुनको माग अत्यधिक बढेका कारण कोम्स्कोको आग्रहमा दक्षिण कोरियाली सरकारले अल्पकालका लागि बैंकहरुलाई सुन बिक्री गर्न रोक लगाएको छ । यतिबेला दक्षिण कोरियामा माग पुरा गर्नका लागि सुन नभएको जनाइएको छ ।  

घरेलु राजनीतिक संकट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफको विषयले निम्तिएको अनिश्चितताका कारण दक्षिण कोरियाली लगानीकर्ताले सुनको खरिद बढाएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्षको चौथौ त्रैमासमा सुनको बार र क्वाइनमा २९ प्रतिशत लगानी बढेको थियो । सो अवधिमा दक्षिण कोेरियामा ५.९ टनको सुन खरिद भएको जनाइएको छ ।  

तर कोरियन वन अमेरिकी डलरको तुलनामा ११ प्रतिशतले घटेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.