IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 05:29:22
IME remit
Global IME Bank Limited

यी हुन् विश्वका सुन खपत गर्ने शीर्ष ५ देश, चीन एक्लैले खपत गर्छ ९८४ मेट्रिक टन !

Hyundai Nepal
यी हुन् विश्वका सुन खपत गर्ने शीर्ष ५ देश, चीन एक्लैले खपत गर्छ ९८४ मेट्रिक टन !
Shivam Cement

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनलाई लगानीको ‘सेफ हेभन’ का रुपमा लिइन्छ । सुनका गर–गहनाले विश्वका विभिन्न संस्कृतिमा विशेष महत्व राख्ने गर्छन् ।  

विश्वमा विशेष गरेर गर–गहनाका लागि सुनको माग सर्वाधिक हुने गरेको छ । यस्तै खुद्रा लगानी(बार र सिक्का), सरकारको आर्थिक आवश्यकता(सुन भण्डारण) र औद्योगिक निर्माणका लागि समेत सुनको माग हुने गर्छ ।  

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आर्थिक संकट र राजनीतिक अस्थिरताका बीच पनि सुनले आफ्नो मूल्य जोगाई राख्ने भएकाले यसप्रति लगानीकर्ताको आकर्षण बढी देखिन्छ ।  

सन् २००९ को विश्व आर्थिक संकटपछि विश्वका केन्द्रीय बैंकहरुले सुनको भण्डारण वृद्धि गरेका छन् । यसअघि भने विश्वका बैंकहरुले सुनको भण्डारमा कटौति गरिरहेका  थिए । उदाहरणका लागि बेलायतको केन्द्रीय बैंकले ठूलो मात्रामा सुन बिक्री गरेको थियो ।  

युएस गोल्ड ब्युरोका अनुसार चीन, भारत र थाइल्याण्ड,संयुक्त अरब इमिरेट्स र अमेरिका विश्वका शीर्ष ५ सुन खपत गर्ने देशहरु हुन् ।  

गोल्ड ब्यूरोका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुन खरिदकर्ता देश हो । चीनको संस्कृतिमा सुनको विशेष महत्व भएकाले त्यहाँ यसको खपत बढी हुने गरेको बताइएको छ । यसका साथै चिनीया नागरिकहरुले सुनमाथिको लगानीलाई सुरक्षित मान्ने गर्छन ।  

चीनले वार्षिक रुपमा ९८४ मेट्रिक टन सुन खपत गर्ने गरेको छ । जुन कुल आयातको दुई तिहाई हुन आउँछ ।  

सुन खपत गर्नेमा भारत दोस्रो स्थानमा छ । भारतमा सुनको माइनिङ कम हुन्छ । त्यसैले भारत सुनको माग पुरा गर्न आयातमा धेरै निर्भर हुने गरेको छ ।  

तेस्रो स्थानमा थाइल्याण्ड छ । गत वर्षको तेस्रो त्रैमासमा थाइल्याण्डमा सुनको माग ७ प्रतिशतले वृद्धि भएको छ । गोल्ड ब्युरोका अनुसार यस देशले वार्षिक ९० मेट्रिक टन सुन खपत गर्छ । यसमध्ये अधिकांश हिस्सा गर–गहनाका लागि प्रयोग गरिन्छ ।  

संयक्त अरब इमिरेट्स(युएई) चौथो स्थानमा रहेको छ । कोरोना महामारीपश्चात युएईको सुन खपत ३२० प्रतिशतले वृद्धि भएको थियो । तर अहिले यसमा गिरावट आएको छ । पछिल्लो त्रैमाससम्म युएईको सुनको खपत १५ प्रतिशतले घटेको छ ।  

अमेरिका सबैभन्दा धेरै सुन खपत गर्ने विश्वको पाचौं ठूलो देश हो । सन् २०२२ मा अमेरिकाको सुनको खपतमा १८ प्रतिशतको उछाल आएको थियो ।  

विश्वको तथ्यांक राख्ने स्टाटिकाका अनुसार सन् २०२२ मा विश्वमा २ हजार ८६ टन सुनको माग भएको थियो ।  -एजेन्सी

 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.