शुक्रबार, श्रावण २९,२०८३ 01:50:54
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 01:50:54
Bizshala
Global IME Bank Limited

स्वास्थ्य तथा जीवन बीमामा शुन्य जीएसटी लागू गर्दै भारत

Prabhu Bank Limited
स्वास्थ्य तथा जीवन बीमामा शुन्य जीएसटी लागू गर्दै भारत
New Office

काठमाण्डौ । भारतमा स्वास्थ्य र जीवन बीमाको व्यक्तिगत पोलिसीबाट १८ प्रतिशत जीएसटी हट्ने भएको छ । केन्द्र सरकारको यो प्रस्तावमा बुधबार राज्यका मन्त्रीहरूको समूहले सहमति जनाएको छ। यस सम्बन्धमा अन्तिम निर्णय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको जीएसटी काउन्सिलले लिने जनाइएको छ ।  

केन्द्रले गरेको प्रस्तावमा ग्रुप इन्स्योरेन्स पोलिसीलाई जीएसटी मुक्त बनाउने कुनै उल्लेख छैन। मन्त्रिपरिषद्को बैठकमा जीएसटी कटौतीको फाइदा बीमा कम्पनीलाई नभई नीति धारकलाई जानुपर्ने विषय पनि उठेको थियो ।

CG Motors

यसैबीच बीमा क्षेत्रले प्रिमियमबाट जीएसटी हटाउने प्रणालीसँगै थप केही कदम नचालेमा कम्पनीहरूले इनपुट ट्याक्स क्रेडिट (आईटीसी) दाबी गर्न नसक्ने र आर्थिक नोक्सानी व्यहोर्ने चिन्ता व्यक्त गरेको छ । गत वर्ष सेप्टेम्बरमा, बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीको अध्यक्षतामा राज्यहरूको मन्त्रीहरूको समूह (जीओएम) बीमामा जीएसटी दरको बारेमा गठन गरिएको थियो।

जीएसटी खारेज भएपछि बीमा प्रिमियम घट्नेछ। तर, यसमा आईटीसीको समस्या छ । कम्पनीहरूले बीमा उत्पादनहरू उपलब्ध गराउन प्रयोग गर्ने वस्तु र सेवाहरूमा जीएसटी तिर्नुपर्छ। यस जीएसटी भुक्तानीलाई बीमा प्रिमियममा जीएसटीबाट क्षतिपूर्ति दिन्छन्। यसलाई आईसीटी दाबी भनिन्छ। यसले उनीहरूको अन्तिम जीएसटी दायित्व घटाउछ । तर यदि प्रिमियममा जीएसटी शून्य भयो भने कम्पनीहरुले यस्तो गर्न सक्ने छैनन् । यसले उनीहरूको लागत बढ्छ। यसको प्रभाव अन्ततः पोलिसीहोल्डरहरुमा पर्नेछ।

जीएसटी कटौतीको फाइदा कम्पनीले नभई पोलिसीहोल्डरहरुले लिनुपर्ने भारतीय विज्ञहरुले बताएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X