शुक्रबार, श्रावण २९,२०८३ 01:50:02
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 01:50:02
Bizshala
Global IME Bank Limited

भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने

Prabhu Bank Limited
भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने
New Office

काठमाण्डौ । भारतको बीमा नियामक ‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले इन्स्योरेन्स मार्केट प्लेटफर्म ‘बीमा सुगमको स्थापनाका लागि अनुमति दिएको छ । जसअन्तर्गत एउटा यस्तो बीमा पूर्वाधार बन्नेछ,जहाँ सबै बीमा कम्पनीको जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुनेछ ।  

CG Motors

बीमा सुगममा जीवन,निर्जीवन र स्वास्थ्यसहित सबै वर्गको बीमा लिस्ट हुने जनाइएको छ । यसमा बीमा पोलिसी खरिदरबिक्री,बीमा सेवा र दाबी भुक्तानीदेखि लिएर बीमासँग सम्बन्धित उजुरी तथा गुनासाहरु समेत सम्बोधन गर्न सकिने छ ।  

बीमा सुगम एउटा ई–कर्मश प्लेटफर्मको जस्तै हुनेछ जहाँ बीमा कम्पनीहरुले आफ्नो प्रडक्टहरु बिक्री गर्न सक्नेछन् । यसले ग्राहक, एजेन्ट,बीमा कम्पनी र मध्यस्तताकर्ताबीच वान स्टेप सोलुसनको काम गर्ने र यसका कारण बीमा क्षेत्रको पारदर्शिता र प्रभावकारीता बढ्ने भारतस्ीय नियामकले दाबी गरेको छ ।  

यस्तै बीमा सुगमका कारण भारतमा बीमा पोलिसीहरु सस्तो समेत हुने जनाइएको छ ।    

यो डिजिटल प्लेटफर्म चाडै नै लञ्च हुने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रिपोर्टका अनुसार आगामी जुन महिनामा यसको लञ्च हुने सम्भावना अधिक रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X