सोमबार, कार्तिक २,२०८३ 10:09:07
  • सोमबार, कार्तिक २,२०८३ 10:09:07
Global IME Bank Limited

महङ्गो कारको बुकिङ धमाधम रद्द गर्दै भारतीय धनाढ्यहरु, यस्तो छ कारण

Bizshala
महङ्गो कारको बुकिङ धमाधम रद्द गर्दै भारतीय धनाढ्यहरु, यस्तो छ कारण
New Office

काठमाण्डौ । भारतमा अधिकांश धनाढ्यहरुले महङ्गा कारहरुको बुकिङ धमाधम रद्द गर्न थालेका छन् । भारत र  बेलायतबीच हुन लागेको व्यापार सम्झौताका कारण भारतीय धनाढ्यहरुले महङ्गा कारहरुको बुकिङ रद्द गर्न लागेका हुन् ।  

भारत र बेलायबीच व्यापार सम्झौता हुन गईरहेको छ । जसको घोषणा गत मे महिनामा भएको थियो । यो सम्झौताअनुसार कारहरुमाथि लाग्दै आएको कर कम हुनेछ । अहिले बेलायतबाट आयत हुने कारहरुमाथि ७५ देखि १२५ प्रतिशतसम्म कर लाग्दै आईरहेको छ । सम्झौतापश्चात यो कर घटेर १० प्रतिशतमा सीमित हुनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैले भारतीय धनाढ्य तथा ग्राहकहरुले कर घटेपछि मात्रै कार खरिद गर्ने योजना बनाउन थालेका छन् । उनीहरुले यसअघि महङ्गो मूल्यमा गरेको बुकिङ धमाधम रद्द गर्न थालेको भारतीय मिडियाले बताएका छन् ।  

बेलायतमा ल्याण्ड रोभर, ज्यागुअर, रोल्स रोयस, बेन्टले,एस्टन मार्टिन, लोटस र म्याकल्यारेन जस्ता महङो मूल्य पर्ने कारहरु बन्ने गर्छन् । ज्यागुअर र ल्याण्ड रोभरलाई भारतको टाटा मोटर्सले खरिद गरेको छ ।  

भारतीय डिलरहरुले कर कहिलेदेखि कम हुने वा बिस्तारै कम हुने भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । भारतमा स्तरिय मोडलका कार बेलायतको तुलनामा ३ गुणासम्म महङ्गो पर्ने गर्छ । चर्को कर र स्थानिय रजिष्ट्रेशन चार्ज जस्ता विषयले भारतमा बेलायती कार महङ्गो हुने गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.