शुक्रबार, श्रावण २९,२०८३ 01:48:05
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 01:48:05
Bizshala
Global IME Bank Limited

भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण

Prabhu Bank Limited
भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण
New Office

काठमाण्डौ । भारतको अटोमोबाइल्स सेक्टरको ट्रेण्डमा ठूलो परिवर्तन आएको छ । भारतमा आम मानिसहरु ईभी गाडीको भन्दा दोब्बर मूल्य पर्ने भएता पनि हाईब्रिड गाडीप्रति आकर्षित भएका छन् । अप्रिल–जुन महिनाका बीच भारतमा हाईब्रिड सवारी साधनको बिक्रीले ईभी गाडीको बिक्रीलाई पछि पारेको छ ।  

बाहन ड्यासबोर्डका अनुसार भारतमा अप्रिलदेखि जुन ११ का बीच प्रतिमहिना ७ हजार ५ सय युनिटका दरले १५ हजार ईभी गाडी बिक्री भएका छन् । तर यो अवधिमा ५९ हजार ८१४ युनिट हाईब्रिड गाडीको बिक्री भएको रिपोर्टमा उल्लेख छ । भारतमा विशुद्ध विद्युतीय गाडी ८ लाख भारुबाट सुरु हुन्छ ।  

त्यस्तै हाईब्रिड गाडीको मूल्य भने १७ लाख भारुबाट सुरु हुन्छ । मोगर्न स्टेनलीका अनुसार गत फेब्रुअरीमा अमेरिकामा पनि ईभी बिक्रीको तुलनामा हाईब्रिड गाडीको बिक्री ५ गुणाले वृद्धि भएको थियो ।  

CG Motors

ईभीको साटो हाईब्रिड कार रोज्नुको कारण

राम्रो माइलेज

हाईब्रिड कारले राम्रो माइलेज दिन्छ । यसले लामो रुटमा प्रतिलिटर २५–३० किमीसम्मको माइलेज दिन्छ ।  

कम सञ्चालन खर्च

अटोमोबाइल्स विज्ञहरुका अनुसार हाईब्रिड कारको सञ्चालन खर्च लामो अवधिमा ईभी कारको तुलनामा कम हुन्छ ।  

चार्जिङ पूर्वाधारको चिन्ता लिनु पर्दैन

ईभी कारका लागि चार्जिङको पूर्वाधार मुख्य समस्याको रुपमा रहेको छ । तर हाईब्रिड कार इन्धन र ब्याट्री दुवैबाट चल्ने भएकाले यसमा चार्जिङ पूर्वाधारको चिन्ता लिनु पर्दैन ।  

रेन्जको चिन्ता लिनु पर्दैन

ईभी कारमा कम चार्जिङबाट लामो यात्रा गर्न सकिदैन भन्ने चिन्ता रहन्छ । तर हाईब्रिडमा इन्धन पनि प्रयोग हुने भएकाले यस्तो चिन्ता लिनु पर्दैन ।  

हाईब्रिड कारहरु पेट्रोल वा डिजेलबाट चल्न सक्छन् । यसका अलावा यसमा विद्युतीय ब्याट्री समेत हुन्छ । जसले कारको रेन्ज र इन्धनको क्षमता समेत बढाउन सहयोग गर्छ । यतिबेला विश्वमा पेट्रोल–डिजेल,बाट चल्ने सवारीका अलावा स्ट्रङग हाईब्रिड,माइल्ड हाईब्रिड, प्लग–इन हाईब्रिड र विशुद्ध ईभी कारहरुको लोकप्रियता वृद्धि भईरहेको छ ।  

अटो कम्पनीको संगठन,‘ सोसाइटी अफ इन्डियन अटो मोबाइल म्यानुफ्याक्चर्सको आँकडाअनुसार भारतमा हाईब्रिड कारहरुको बिक्री गत वर्ष ३० प्रतिशतभन्दा बढी भएको थियो । यहि कारण कार निर्माता कम्पनीहरु जस्तै मारुति सुजुकी र टोयटाले ईभीको साटो हाईब्रिडमा ध्यान केन्द्रित गरेका छन् । हुन्डाईले पनि सन् २०२६ सम्म भारतमा आफ्नो पहिलो हाईब्रिड कार लञ्च गर्ने योजना बनाएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X