शनिबार, श्रावण ३,२०८२ 05:45:14
  • शनिबार, श्रावण ३,२०८२ 05:45:14
Global IME Bank Limited

रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने

Hyundai Nepal
रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने
Shivam Cement

काठमाण्डौ । रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको २ दिने रुस भ्रमणको क्रममा रुस सरकारले यस्तो प्रतिवद्धता जाहेर गरेको हो ।  

रुसको परमाणु उर्जा एजेन्सी रोसाटोमले ६ वटा आणविक प्लान्ट बनाउन भारत सरकारलाई सहयोग गर्नेछ । रुसले यसअघि पनि भारतको कुडनकुलम परमाणु उर्जा संयन्त्रकेकेएनपीपी)स्थापना गर्न सहयोग गरिसकेको छ । यहाबाट ६ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य भारतले लिएको छ ।  

वर्तमान समयमा रुस मात्रै विश्वको एउटा यस्तो देश हो,जोसँग पानीमा तैरने परमाणु उर्जा संयन्त्र छ । यो परमाणु उर्जा संयन्त्रलाई एकेडेमिक लोमोनोसोव जहाजमा असेम्बल गरिएको छ । रुसको पेवेल शहरमा विद्युत आपूर्ति यहि फ्लोटिङ न्यूक्लियर पावर प्लान्टबाट हुन्छ ।  

यससँगै भारत र रुसबीच अन्य विविध क्षेत्रमा समेत सहकार्य गर्ने सहमति बनेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.