बिहीबार, कार्तिक १९,२०८३ 01:11:54
  • बिहीबार, कार्तिक १९,२०८३ 01:11:54
Global IME Bank Limited

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

Bizshala
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट
New Office

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार तेल, चिप निर्माता कम्पनी र अमेरिकी डलरको मूल्य घटेको छ । निर्वाचन परिणामले अमेरिका–इरान युद्ध अन्त्य हुने सम्भावना बढाएको आकलनसँगै लगानीकर्ताको मनोबल भने बढेको छ ।

बुधबार राति ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९ प्रतिशतले घटेर प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको थियो । यस साता मात्रै तेलको मूल्य करिब २० प्रतिशतले घटेको छ । एसियाली कारोबारमा यसको मूल्य ९३.५० डलर पुगेको थियो ।

तेलको मूल्य घटेसँगै अमेरिकी र युरोपेली सेयर बजारमा सुधार देखिएको छ । एसएन्डपी ५०० परिसूचक १.६ प्रतिशतले बढ्दा युरोपेली बजार दुई महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नवीकरणीय ऊर्जालाई डेमोक्र्याटहरूले प्राथमिकता दिने अपेक्षामा सौर्य ऊर्जा कम्पनीका सेयर बढेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर, डेटा सेन्टर निर्माणमा कडा नियमन हुन सक्ने आशंकाले एसियाका प्रविधि कम्पनीका सेयर घटेका छन् । दक्षिण कोरियाको कोस्पी परिसूचक ४ प्रतिशत र ताइवानको बजार १.८ प्रतिशतले घटेको छ । जापानको निक्केई परिसूचक पनि ०.५ प्रतिशतले ओरालो लागेको छ ।

डेटा सेन्टर निर्माणमा रोक लगाउने पक्षमा रहेका डेमोक्र्याट उम्मेदवारले टेक्सास र जर्जियामा जित हासिल गरेपछि एआई तथा प्रविधि क्षेत्रमा अस्थायी सुस्तता आउन सक्ने विश्लेषकहरूको अनुमान छ ।

Garima Development Bank
Bizshala
IME remit

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रिपब्लिकन पार्टीको पराजयमा इरानसँगको युद्धको भूमिका रहेको स्वीकार गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले समेत युद्धकै कारण चुनाव हारेको बताएका छन् ।

युद्ध अन्त्य भए तेलको मूल्य थप घट्ने, मुद्रास्फीतिको दबाब कम हुने र ब्याजदर वृद्धि गर्नुपर्ने सम्भावना कमजोर हुने अपेक्षा गरिएको छ । यसैबीच, अमेरिकी १० वर्षे ट्रेजरी बन्डको प्रतिफल घटेर ४.८७ प्रतिशत र दुई वर्षे बन्डको प्रतिफल ४.५६ प्रतिशतमा झरेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.