काठमाण्डौ । अत्यधिक मात्रामा सुनचाँदीको आयात हुँदा भारतको व्यापार असन्तुलित बनेको छ । सुनचाँदीको बढ्दो आयातका कारण भारतको व्यापार घाटा चुलिएको छ ।
भारतको व्यापार घाटा अक्टोबर २०२५ मा ४१.६८ बिलियन डलर पुगेको छ। यो सेप्टेम्बरको ३२.१५ अर्ब डलर भन्दा धेरै हो। यो वृद्धि हुनुको मुख्य कारण दीपावलीका कारण सुन र चाँदीको आयातमा भएको भारी वृद्धि हो ।
योसँगै भारतको कुल निर्यात पनि घटेको छ । यसले पनि व्यापार घाटा बढाउने काम गरेको छ । यस अवधिमा आयात १६.६३ प्रतिशतले बढेर ७६.०६ अर्ब डलर पुगेको छ । यस्तै निर्यात ११.८ प्रतिशतले घटेर ३४.३८ अर्ब डलर पुगेको छ।
भारत सरकारले अक्टोबरको व्यापार घट्नुको मुख्य कारण बहुमूल्य धातुको आयातमा ‘अभूतपूर्व’ वृद्धि भएको बताएको छ । भारतीय सरकारका अनुसार अक्टोबरमा सुन आयात १४ अर्ब ७२ करोड पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा ४ अर्ब ९२ करोड डलर थियो ।
चाँदी आयात पनि २ अर्ब ७३ करोड डलर पुगेको छ । चाडपर्वका कारण अक्टोबरमा मात्रै सुनको आयात ९ अर्ब डलरले बढेको छ । यसले व्यापार सन्तुलनमा थप दबाब उत्पन्न भएको छ ।
यसैबीच वस्तु निर्यात ४ अर्ब डलरले घटेको छ ।

