आईतवार, श्रावण १०,२०८३ 03:14:45
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:14:45
Bizshala
Global IME Bank Limited

सुनचाँदीको अत्यधिक आयातका कारण भारतको व्यापार असन्तुलित ,व्यापार घाटा चुलियो

सुनचाँदीको अत्यधिक आयातका कारण भारतको व्यापार असन्तुलित ,व्यापार घाटा चुलियो
New Office

काठमाण्डौ । अत्यधिक मात्रामा सुनचाँदीको आयात हुँदा भारतको व्यापार असन्तुलित बनेको छ । सुनचाँदीको बढ्दो आयातका कारण भारतको व्यापार घाटा चुलिएको छ ।  

भारतको व्यापार घाटा अक्टोबर २०२५ मा ४१.६८ बिलियन डलर पुगेको छ। यो सेप्टेम्बरको ३२.१५ अर्ब डलर भन्दा धेरै हो। यो वृद्धि हुनुको मुख्य कारण दीपावलीका कारण सुन र चाँदीको आयातमा भएको भारी वृद्धि हो ।

योसँगै भारतको कुल निर्यात पनि घटेको छ । यसले पनि व्यापार घाटा बढाउने काम गरेको छ । यस अवधिमा आयात १६.६३ प्रतिशतले बढेर ७६.०६ अर्ब डलर पुगेको छ । यस्तै निर्यात ११.८ प्रतिशतले घटेर ३४.३८ अर्ब डलर पुगेको छ।

भारत सरकारले अक्टोबरको व्यापार घट्नुको मुख्य कारण बहुमूल्य धातुको आयातमा ‘अभूतपूर्व’ वृद्धि भएको बताएको छ । भारतीय सरकारका अनुसार अक्टोबरमा सुन आयात १४ अर्ब ७२ करोड पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा ४ अर्ब ९२ करोड डलर थियो ।

चाँदी आयात पनि २ अर्ब ७३ करोड डलर पुगेको छ । चाडपर्वका कारण अक्टोबरमा मात्रै सुनको आयात ९ अर्ब डलरले बढेको छ । यसले व्यापार सन्तुलनमा थप दबाब उत्पन्न भएको छ ।  

यसैबीच वस्तु निर्यात ४ अर्ब डलरले घटेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.