काठमाण्डौ । भारतको लडाकु विमान तेजस संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर शोमा प्रदर्शनका क्रममा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले दुबई एयर शोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा विमानका पाइलट गम्भीर घाइते भएकाले उनको मृत्यु भएको वायुसेनाले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईले घटनासँग सम्बन्धित भिडियो पोस्ट गरेको छ। यो भिडियोमा एउटा विमान सिधा जमिनमा खसेको देखिन्छ । त्यसपछि आगो र कालो धुवाँको बादल उठेको देखिन्छ। समाचार एजेन्सी एपीका अनुसार यो प्रदर्शनी दुबईको दोस्रो ठूलो अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको छ। दुर्घटना हुँदा एयरपोर्टमा धुवाँको बादल उठ्यो र साइरनको आवाज सुनिएको थियो ।
सिंगल इन्जिन तेजस लडाकु विमान पूर्णतया भारतमा बनेको हो। यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड अर्थात एचएएल हो।

