बिहीबार, बैशाख ३,२०८३ 12:43:12
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:43:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा आईफोन १७ को उत्पादन सुरु

Bizshala
भारतमा आईफोन १७ को उत्पादन सुरु
Shivam Cement

काठमाण्डौ । एप्पलको स्मार्टफोन निर्माता फक्सकनले भारतमा आईफोन १७ को उत्पादन सुरु गरेको छ । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार, यो उत्पादन बेंगलुरुको नयाँ प्लान्टमा सुरु भएको हो ।  

भारतको यो युनिट चीन बाहिर फक्सकनको दोस्रो ठूलो निर्माण साइट हो । जसमा करिब २५ हजार करोड भारु लगानी गरिएको छ। यसअघि चीनले भारतमा आइफोन बनाउने ३०० भन्दा बढी इन्जिनियर र प्राविधिकलाई अचानक फिर्ता बोलाएको थियो । जसका कारण आईफोन १७ को उत्पादन अवरुद्ध भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अब कम्पनीले ताइवानलगायत अन्य देशका विज्ञहरूलाई बोलाएर पुनः उत्पादन सुचारु गरेको हो । यद्यपी आईफोन १७ को उत्पादन भारतमा सानो स्तरमा मात्र सुरु भएको छ। चिनियाँ इन्जिनियरहरूले फक्सकनको हाई–टेक एसेम्बली लाइन, फ्याक्ट्री डिजाइन र भारतीय कर्मचारीहरूलाई प्रशिक्षण दिने काम गरिरहेका थिए।

यसका लागि भारत सरकारले चिनियाँ इन्जिनियरहरूलाई उत्पादनमा कुनै अवरोध नहोस् भनेर भिसाको सुविधा पनि दिएको थियो । चीनलाई पछि पार्दै भारत अमेरिकामा स्मार्टफोनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । रिसर्च फर्म क्यानालिसका अनुसार अमेरिकामा आयात गरिएका स्मार्टफोनमा मेड इन इन्डियाको हिस्सा यस वर्षको अप्रिल–जुनमा ४४ प्रतिशत थियो ।

यो वर्ष जुनसम्म भारतमा २.३९ करोड आईफोन बनेका छन् । अमेरिकामा बिक्री हुने आईफोनको ७८ प्रतिशत भारतमा बन्ने गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.