शुक्रबार, आश्विन ४,२०८१ 12:05:32
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 12:05:32
IME remit
Global IME Bank Limited

भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा

Hyundai Nepal
भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा
Nabil Bank Limited

काठमाण्डौ । भारतमा आईफोन १६ खरिद गर्ने ग्राहकहरको लामो लाइन लागेको छ । आईफोन १६ सिरिजको बिक्री आजदेखि सुरु भएको भारतका एप्पल स्टोहरुमा ग्राहकहरुको लम्बेतान लाइन लागेको भारतीय मिडियाले बताएका छन् ।  

मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड लागेको बताइएको छ । मानिसहरु स्टोर खुल्नुअघि नै ठूलो संख्यामा जम्मा भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

कोही ग्राहकहरु त २१ घण्टासम्म लाइनमा लागेको बताएका छन् ।  म २१ घण्टादेखि लाइनमा छु । स्टोर खुलेपछि म सबैभन्दा पहिलो आईफोन १६ बन्ने ग्राहक बन्ने  छु । त्यसैले म एकदमै खुसी  छु,’ लाइनको अग्रपक्तिमा भएका एक गा्रहकले बताए । 

एप्पलले गत सेप्टेम्बर ९ मा आफ्नो बहुप्रतिक्षित आईफोन १६ सिरिज लञ्च गरेको थियो । एआई फिचर्सका सु–सज्जति आईफोन १६ पहिलेका सिरिजहरु भन्दा विशेष भएकाले ग्राहकहरुको यसप्रति निकै आकर्षण देखिएको छ । 

आईफोन–१६ सिरिजका मोडल पनि भारतमा एसेम्बल भईरहेपनि अन्य देशहरूको तुलनामा, भारतीय ग्राहकहरूलाई अझै पनि आईफोन किन्न महँगो परिरहेको छ। भारतमा  प्रो म्याक्स मोडल अमेरिकाको तुलनामा भारतमा करिब ४४ हजार भारुले महँगो छ ।

योसँगै आइफोन–१६ मोडलमा करिब १३ हजार भारुको फरक छ । भारतमा आईफोन १६ को सुरुवाति मूल्य ७९ हजार ९ सय भारु र प्रो म्याक्सको मूल्य १ लाख ४४ हजार ९ सय भारु रहेको छ । जबकि अमेरिकामा सोही आईफोन–१६ मोडल ७९९ डलर अर्थात् र प्रो म्याक्स ११९९ डलर अर्थात् मा उपलब्ध छ।

Sagarmatha Cement
Shivam Cement

अमेरिका र क्यानडामा कर र आयात शुल्कको कमीका कारण भारतलगायत अन्य धेरै देशको तुलनामा आइफोन सधैं सस्तो रहेको छ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.