शनिबार, श्रावण ३०,२०८३ 11:49:25
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 11:49:25
Bizshala
Global IME Bank Limited

केन्द्रीय बैंकको कर्मचारीको भेषमा ७ करोड भारु लुटियो

Prabhu Bank Limited
केन्द्रीय बैंकको कर्मचारीको भेषमा ७ करोड भारु लुटियो
New Office

काठमाण्डौ । भारतमा फिल्मी शैलीमा ७ करोड भारु नगद लुटिएको छ । भारतको कर्नाटका राज्यमा बन्दुकधारी समूहले केन्द्रीय बैंकका अधिकारीहरु भन्दै उक्त रकम लुटेका हुन् ।

भारतको व्यवस्त शहर बैंग्लोरमा दिनदहाडै भएको लुटपाटमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा सर्च अपरेशन चलाइएको बीबीसीले जनाएको छ ।

यो लुटपाट बुधबार दिउँसो भएको थियो । बैंकको शाखा कार्यालयहरुमा पैसा पुर्याउन गईरहेको भ्यानलाई एसयुभीमा सवार ६ जना हतियारधारीको समूहले व्यस्त सडकमा रोकेर लुटेका थिए । उक्त भ्यानमा एकजना चालक, एकजना नगदको रेखदेख गर्ने व्यक्ति र दुईजना सुरक्षा सार्ड रहेका थिए ।

CG Motors

लुटेराले आफूहरु केन्द्रीय बैंकको कर्मचारी भएको र यति ठूलो मात्रामा रकम ओसारपसार गर्न आवश्यक कागजात भए नभएको प्रमाणित गर्नुपर्ने बताएको बैंग्लोरका पुलिस कमिशनर सिमान्त कुमारले बताए । उनीहरुले भ्यानमा सवार सुरक्षा गार्ड र क्यास कस्टिडियनलाई हतियार राख्न र एसयुभीमा बस्न आदेश दिएका थिए र चालकलाई नगदसहित सवारी साधन चलाउन आदेश दिएका थिए ।

एसयुभीले भ्यानलाई केही किलोमिटरसम्म पछ्याएको थियो तर बीचमा लुटेराहरुले चालकलाई भ्यानबाट र सुरक्षा गार्ड र क्यास कस्टिडियनलाई एसयुभीबाट झारेर नगद लगेर फरार भएका थिए ।

उक्त क्षेत्रमा सिसिटिभी जडान भएकाले अहिले प्रहरीले सिसिटीभी फुटेजको आधारमा अनुसन्धान गरिरहेको जनाएको छ । लुटराहरुले एकभन्दा बढी सवारी साधनको प्रयोग गरेको बारेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.