मंगलवार, असार ९,२०८३ 11:59:52
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:59:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाबाट पहिले भन्दा बढी तेल, ग्यास र लडाकु विमान किन्न भारत तयार, तर भन्सार शुल्कबाट बच्ने छैन ग्यारेन्टी

Laxmi Sunrise Bank Limited
अमेरिकाबाट पहिले भन्दा बढी तेल, ग्यास र लडाकु विमान किन्न भारत तयार, तर भन्सार शुल्कबाट बच्ने छैन ग्यारेन्टी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले व्यापार घाटा कम गर्न अमेरिकाबाट एफ–३५ लडाकु विमानलगायत थप तेल, ग्यास र सैन्य उपकरण खरिद गर्ने घोषणा गरेका छन् ।

तर ट्रम्पले यो पनि स्पष्ट गरे कि अमेरिकाले भारतलाई पारस्परिक शुल्क(रेसिप्रोकल ट्यारिफ) बाट भने उन्मुक्ति दिने छैन । ट्रम्पले हालै मात्रै पारस्परिक करको अर्थ आफैले व्याख्या गरेका थिए।

उनले भनेका थिए, ‘अमेरिकाले अब अमेरिकामा पनि त्यही ट्यारिफ लगाउने छ जुन अरु देशले लगाएको छ। न धेरै, न कम।’ ट्रम्पसँगको बहुप्रतिक्षित भेटवार्तामा नरेन्द्र मोदीले दुई देशबीचको व्यापारबारे खुला छलफलको प्रस्ताव राख्दै गैरकानुनी रूपमा अमेरिका आएका भारतीयहरूलाई फिर्ता लैजाने कुरा गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

यसका साथै एक महत्वपूर्ण घोषणा गर्दै डोनाल्ड ट्रम्पले मुम्बई हमलाको मामिलामा भारतमा वान्टेड रहेका तहव्वुर राणालाई सुपुर्दगी गर्ने बताएका छन् । लामो समयदेखि अमेरिकी जेलमा रहेका राणालाई भारत ल्याउने प्रयास भइरहेको थियो ।

फ्रान्सबाट बिहीबार अमेरिका पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार शुक्रबार बिहान व्हाइट हाउसमा ट्रम्पसँग भेट गरेका थिए। प्रेसलाई दिएको विज्ञप्तिमा दुवै नेताबीच तेल–ग्यास, रक्षा, महसुल, प्रविधि र व्यापारका विविध पक्षका बारेमा कुराकानी भएको थियो ।

पत्रकारलाई सम्बोधन गर्दै दुवै नेताले द्विपक्षीय व्यापार र सम्बन्धलाई मजबुत बनाउने विषयमा कुराकानी गरेका थिए । ट्रम्पले भारतले अमेरिकी सामानहरूमा ट्यारिफलाई तर्कसंगत बनाउने विश्वास व्यक्त गरे। उनले भारतलाई ‘स्टेल्थ फाइटर’ जेट एफ–३५ बेच्ने र रक्षा खरिदमा व्यापक सहयोग गर्ने इच्छा पनि व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्यारिफको बारेमा भारतलाई ट्रम्पले के भने ?

ट्रम्पले भारतबाट आयातमा समान शुल्क (आयात शुल्क) लगाउने कुरा गरेका थिए। भारतीय प्रधानमन्त्रीसँगको वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिले भने, ‘भारतले हामीमाथि जति शुुल्क थोपर्छ, हामीले पनि त्यही शुल्क थोपर्छौँ ।’ ट्यारिफको बारेमा ट्रम्पले भने, ‘हाम्रा सहयोगीहरू हाम्रा शत्रुहरू भन्दा खराब छन्।’

ट्रम्पले सन् २०२५ देखि भारतलाई रक्षा बिक्री बढाउने कुरा गरे र भने, ‘हामी भारतलाई अरबौं डलरको रक्षा बिक्री गर्नेछौं। हामी भारतलाई स्टेल्थ लडाकु विमान उपलब्ध गराउने बाटो खोज्नेछौं।’ बिहीबार, प्रधानमन्त्री मोदीसँग भेटघाट गर्नु अघि, राष्ट्रपति ट्रम्पले अन्य देशहरूमा पारस्परिक कर लगाउने कुरा गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.