काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको मिति र कार्यतालिका सार्वजनिक गरेको छ। फागुन २१ मा मतदान हुने गरी पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीको मनोनयन माघ ६ मा तोकिएको छ।
प्रत्यक्ष निर्वाचनको मुख्य कार्यतालिका:
माघ ६: बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता। साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन।
माघ ७: बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता। दिउँसो ३ देखि माघ ८ साँझ ५ बजेसम्म मनोनयन जाँच र निर्णय, साँझ ७ मा नामावली प्रकाशन।
माघ ९: बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन। दिउँसो ४ देखि साँझ ७ बजेसम्म चुनाव चिन्ह वितरण।
समानुपातिक निर्वाचनको कार्यतालिका:
मंसिर २०: प्रक्रिया सुरु।
मंसिर २१–२३: बिहान १० देखि दिउँसो ४ बजेसम्म दलहरूको निवेदन।
मंसिर २४: बिहान १० देखि दिउँसो ४ बजेसम्म दलहरूको नामावली प्रकाशन।
पुस १३–१४: बिहान १० देखि दिउँसो ४ बजेसम्म बन्दसूची पेश।
माघ २०: बिहान १० देखि साँझ ५ बजेसम्म बन्दसूचीको अन्तिम प्रकाशन।
मतदान: फागुन २१ मा बिहान ७ देखि साँझ ५ बजेसम्म।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्तिमार्फत यो कार्यक्रम सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।