शुक्रबार, श्रावण ८,२०८३ 12:54:32
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:54:32
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरु झण्डै दुई अर्ब घाटामा, प्रभुबाहेक सबैको इपीएस ऋणात्मक

जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरु झण्डै दुई अर्ब घाटामा, प्रभुबाहेक सबैको इपीएस ऋणात्मक
New Office

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले श्रृजित बीमा दाबीका कारण निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था खस्किन पुगेको छ । जेनजी आन्दोलनका कारण ठूलो क्षतिको दायित्व बहन गर्नुपर्दा बीमा कम्पनीहरुले ठूलो घाटा ब्यहोर्न पुगेका छन् ।  

चालु आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरु झण्डै दुई अर्ब रुपैयाँ घाटामा देखिएका छन् । १४ मध्ये प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीले ठूलो घाटा ब्यहोरेका छन् । 

निर्जीवन बीमकहरुलाई दायित्वको चाङ थपिदै जाँदा नाफामा उक्लिन नसकेका हुन् । गत वर्ष असोज महिनामा आएको बाढीपहिरो र तीनकुनेमा भएको हुलदंगाले बीमा कम्पनीहरुमा ठूलो रकमको दाबी परेको थियो भने यस वर्ष पनि जेनजी आन्दोलन र दशैंपछिको ठूलो झरीले गर्दा बीमा कम्पनीहरुमा ठूलो बीमा दाबी परेको छ ।  

पहिलो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले मात्रै मुनाफा आर्जन गर्न सफल भएका छन् । यस अवधिमा प्रभु इन्स्योरेन्सले ६ करोड ३१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्ममा १२ कम्पनी घाटामा देखिएका छन् । १२ कम्पनीले मात्रै असोज मसान्तसम्म २  अर्ब ५ करोड ७७  लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा धेरै सद्धार्थ प्रिमियर इन्स्योरेन्सले मात्रै २९ करोड ८५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, ओरियण्टल इन्स्योरेन्सले २८ करोड ४८ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २६ करोड ७३ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले २० करोड ७६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

यसका साथै शिखरले १५ करोड ८५ लाख रुपैयाँ, युनाइटेड अजोडले १५ करोड ११ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १० करोड ९३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १० करोड १० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ९ करोड ९५ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ८ करोड ३१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

बीमा कम्पनीहरुको मुनाफामा ठूलो गिरावट देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा समेत प्रभाव देखिएको छ । सो अवधिसम्म प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको इपीएस ऋणात्मक देखिएको छ । प्रभु इन्स्योरेन्सको इपीएस १४.८५ रुपैयाँ रहेको छ ।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.